समाचार

७७०समाचार

पृष्ठ १३

  1. लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा पौडेल

    रामेछाप- नेपाली काँग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापको अध्यक्षमा पुष्कर पौडेल निर्वाचित भएका छन् । शनिबार बिपी स्मृति भवन मन्थलीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले पौडेललाई निर्बिरोध अध्यक्षमा निर्वाचित गरेको हो । त्यस्तै संघको उपाध्यक्षमा शुशिल तामाङ र छाया तामाङ, सचिवमा संतोष खत्री, सह सचिवमा अनिल कर्माचार्य र कोषाध्यक्षमा आषिश कार्की निर्वाचित भएका छन् […]

  2. नेविसंघ रामेछापमा सचिव सहित ३ सदस्य थप, मन्थली क्याम्पस सभापतिमा युवराज बुढाथोकी

    रामेछाप– नेपाल विद्यार्थी संघ रामेछापले जिल्ला कार्यसमितिमा एक पदाधिकारी सहित ३ सदस्य थप गरेको छ । नेविसंघ रामेछापका अध्यक्ष विनोद बुढाथोकीले बुधवार जिल्ला कार्य समितिको सचिव पदमा रेजन बुढाथोकी, सदस्यमा क्रमशः अविनाश कार्की, विपुल रोका र छाया तामाङलाई मनोनयन गर्दै कार्य समिति थप गरेका हुन् । सचिव पदमा मनोनयन भएका बुढाथोकी यस अघि जिल्ला कार्य […]

  3. मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका सुशिल थापा निर्वाचित

    रामेछाप– मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस स्ववियु सभापतिमा सुशिल थापा निर्वाचित भएका छन् । अनेरास्ववियुको तर्फबाट उम्मेद्वार रहेका थापाले २०७ मत ल्याएर निर्वाचित भएका हुन् । थापाले नेविसंघबाट उम्मेद्वार रहेका विपुल रोकालाई पराजित गर्दै आफु निर्वाचित भएका हुन् । पराजित रोकाले १५२ मत मात्रै प्राप्त गरे । अखिल क्रान्तिकारीको तर्फबाट अध्यक्षको उम्मेद्वार रहेका अनोज भुजेलले […]

  4. अन्तरवार्ताः हामी आश्वासन मात्र होइन, विद्यार्थीको हकहितका लागि अडिग भएर काम गर्नेछौं

    चैत्र ५ गते देशभर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ  । रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा पनि सोही दिन निर्वाचन हुनेछ  । उक्त क्याम्पसमा तीन फरक विद्यार्थी संगठनहरू छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन्  । नेपाल विद्यार्थी संघ (नेविसंघ) का तर्फबाट अध्यक्ष पदका उम्मेदवार विपुल रोकासँग उनको नेतृत्वमा रहेको प्यानलले विद्यार्थीका […]

  5. फोनिज बागमती प्रदेश अध्यक्षमा पुन: युवराज श्रेष्ठ

    रामेछाप- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको अध्यक्षमा पुनः युवराज श्रेष्ठ निर्वाचित भएका छन् ।रामेछापमा शनिवार सम्पन्न तेस्रो महाधिवेशनले रामेछापका श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो । शुक्रवारबाट सुरु भएको महाधिवेशनबाट उपाध्यक्षमा काभ्रेका दिलबहादुर लामा, महासचिवमा काठमाडौंका राजु नापित र कोषाध्यक्षमा धादिङका शंकर श्रेष्ठ सर्वसम्मत चयन भएको निर्वाचन समितिले […]

  6. कुवुकास्थली जातिय विभेद घट्ना प्रकरण: मिलापत्र गर्नेलाई कारवाहीको माग

    रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा सदस्यसहित दलित महिलाहरु माथि भएको जातीय विभेदको घटनामा गरिएको अवैधानिक मिलापत्रको विषयलाई लिएर जिल्लाका तीन राजनीतिक दलका दलित संघसंगठनले आपत्ति जनाएका छन् । फागुन २४ गाउँपालिकाको वडा नं. ३ कुभुकास्थलीस्थित चिर्मालु गुम्बामा आयोजित कार्यक्रममा लामा गुरुलाई स्वागत गर्न पुगेकी वडा सदस्य शर्मिला नेपालीसहित अन्य दलित महिलाहरूलाई स्थानीय करिब ५२ वर्षीय […]

  7. भूमि समस्या समाधान आयोग रामेछापले पायो पूर्णता

    रामेछाप- भूमि समस्या समाधान आयोग रामेछापले पूर्णता पाएको छ । गौतम लामाको अध्यक्षतामा गठित जिल्ला समितिमा एक विज्ञ सहित तीन जना सदस्यको नियुक्तिसँगै भूमि समस्या समाधान आयोग जिल्ला समिति रामेछापले पूर्णता पाएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अध्यक्षमा गौतम लामा, विज्ञ सदस्यमा मिलन कुमार घिसिङ र सदस्यमा गंगादेवी कार्कीलाई यस अघि […]

  8. स्ववियु निर्वाचनः रामेछापमा भएन गठबन्धन, सबैको जित्ने दाबी

    रामेछाप- आउँदो चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा रामेछापमा भएको एक मात्र क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् । सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा मंगलबार दल निकट रहेका विद्यार्थी संगठनहरुले गठबन्धन नगरी छुट्टा छुट्टै समूह बनाएर उम्मेदवारी दर्ता गराएका हुन् ।  देशका विभिन्न क्याम्पसहरूमा सत्ता साझेदार […]

  9. उमाकुण्ड कांग्रेसको निष्कर्ष: गुटगत राजनीतिले निर्वाचनमा पराजय, अब एकताबद्ध भएर अघि बढ्ने

    काठमाडौं- नेपाली कांग्रेस उमाकुण्ड गाउँपालिकाले गएका दुई स्थानीय तह निर्वाचनमा पार्टीको पराजयको प्रमुख कारण गुटगत राजनीति रहेको निष्कर्ष निकालेको छ । पार्टीभित्रको आपसी विभाजनका कारण कमजोर बनेको संगठनलाई पुनः सुदृढ गर्दै अब एकताबद्ध भएर अघि बढ्ने निर्णय पार्टी नेताहरूले गरेका छन् । सोमबार काठमाडौंमा नेपाली कांग्रेस उमाकुण्ड गाउँपालिकाका नेताहरूको बैठक बसेको थियो । स्थानीय तहमा […]

  10. महिला दिवस: उनको कुरा सुनेपछि ‘मन भरी’ भयो !

    आज शनिवार महिला दिवसको विशेष कार्यक्रम थियो । सुनापति गाउँपालिका वडा नं ३ मा आयोजना भएको कार्यक्रममा महिला सशक्तीकरणका कुरा भए, नाराहरू घन्किए, भाषणहरू भए । कार्यक्रम सकिएपछि म स्कुटरमा मन्थली फर्किँदै थिएँ। साँझको समय, हावा हल्का चिसिएको थियो। स्कुटरको गतिसँगै मनमा पनि महिला दिवसकै कुरा घुमिरहेका थिए- महिला अधिकार, बालबालिकाका अधिकार, समानता, शिक्षा। खाँडादेवी […]

  11. नारी दिवसः सुनापतिमा म्युजिकल चेयर र घैँटो फुटाउने खेल, विजेतालाई पुरस्कार

    रामेछाप– अन्तर्राष्ट्रिय महिला (नारी) दिवसको अवसरमा सुनापति गाउँपालिका वडा नं ३ हिलेदेवीमा म्युजिकल चेयर र घैटो फुटाउने खेल प्रतियोगिता भएको छ । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको दिन शनिवार स्थानीय महिलाहरूको सहभागितामा सुनापति गाउँपालिका वडा नं ३ हिलेदेवीको आयोजनामा प्रतिस्पर्धात्मक प्रतियोगिताको आयोजना भएको हो । महिला सम्बन्धी हक अधिकारको जनचेतनासँगै एक अर्का प्रति प्रतिस्पर्धाको भावना […]

  12. महिला दिवसः अधिकार, लैंगिक समानता र सशक्तीकरण

    महिलाहरू विभिन्न अधिकारबाट बञ्चित, लैंगिक असमानताबाट पीडित तथा सशक्तीकरणको अभावका कारण धेरै समस्याहरू भोग्न बाध्य छन् । मुलुकमा संविधान बनेपछि महिलाहरूका लागि थप अधिकार, लैंगिक समानता, र सशक्तीकरणका व्यवस्थाहरू थपिए । स्थानीय तहमा महिला जनप्रतिनिधिको सुनिश्चितता भएपछि धेरै महिलाहरू नेतृत्वदायी भूमिकामा क्रियाशील छन् ।महिला अधिकार, लैंगिक समानता र सशक्तीकरणको सन्दर्भमा महिलाहरूको वर्तमान अवस्था कस्तो छ […]