समाचार

७७०समाचार

पृष्ठ १४

  1. स्थानीय नेतृत्वमा महिलाः चुनौती, उपलब्धि र भविष्यको दिशा

    महिलाहरूले विश्वभर महिला भएकै कारण विभिन्न विभेद र समस्याहरू भोग्दै आएका छन् । जसका कारण उनीहरू सामाजिक, आर्थिक, राजनीतिक तथा अन्य क्षेत्रहरूमा पछाडि परिरहेका छन् । यद्यपि, पछिल्ला वर्षहरूमा संविधान तथा कानुनी सुधारका कारण महिलाहरूको अवस्था केही सुधार हुँदै गएको छ ।नेपाल संघीयतामा गइसकेपछि स्थानीय तहमा महिलाहरूको प्रतिनिधित्वसमेत बढेको छ । तर, उनीहरूको सहभागितालाई समाजले […]

  2. महिला दिवस: सुनापतिमा ५० महिला उद्यमी सम्मानित

    सुनापति– सुनापति गाउँपालिकाले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गाउँपालिकाभरिका ५० जना सफल महिला उद्यमीलाई सम्मान गरेको छ। गाउँपालिकाले विभिन्न उद्यमशीलता क्षेत्रमा सक्रिय महिलाहरूलाई प्रोत्साहन गर्दै उनीहरूको योगदानलाई कदर गर्न सम्मान प्रदान गरेको हो। गाउँपालिकाभित्र रहेका महिलाहरू कृषि, पशुपालन, माहुरी पालन, गलैंचा बुनाइ, हस्तकला, तथा घरेलु उद्योगहरू सञ्चालन गर्दै आएका छन्। यस्ता उद्यमले गाउँमै रोजगारी सिर्जना […]

  3. महिला दिवस: जब धनमायाले माइक्रोफोनमा बोल्न पाईन…

    सुनापति- रामेछापको सुनापति गाउँपालिका, वडा नं. १, गुन्सीकी धनमाया तिवारीले सानो छँदा अक्षर चिन्न पाइनन् । घरको काम, खेतबारी, अनि गाईबस्तु पाल्नमै उनको जीवन बित्यो। शिक्षा भनेको के हो भन्ने कुरा उनले कहिल्यै बुझ्न पाइनन् । तर, समयसँगै उनका सन्तान जन्मिए, हुर्किए, र विद्यालय जान थाले। उनले पढाइको महत्व छोराछोरीको किताब हेर्दै बुझेकी थिइन् । […]

  4. अन्तराष्ट्रिय महिला दिवस: सुनापतिमा वक्तृत्वकला, कला खड्का प्रथम

    रामेछाप- सुनापति गाउँपालिकाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कला खड्का प्रथम भएकी छिन् । ११५ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा गाउँपालिकामा बिहिबार आयोजित ‘फेरिएको महिलाको अवस्था’ बिषयक वक्तृत्वकला प्रतियोगितामा खड्काले १५ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएकी हुन् । प्रतियोगितामा सविना पण्डित द्वितीय र सर्मिला योञ्जन तृतीय भएकी छिन् । त्यस्तै प्रतियोगितामा उर्मिला तामाङ र धनमाया तिवारी […]

  5. रामेछापमा मिल्क एनालाईजर संचालन तथा मर्मत तालिम शुरु

    रामेछाप– रामेछापमा मिल्क एनालाईजर संचालन तथा मर्मत तालिम शुरु भएको छ । दुग्ध संकलक तथा दुग्ध डेरीका संचालकहरुका लागि लक्षित गरि आयोजना गरिएको तालिम बुधबारबाट शुरु भएको हो । राष्ट्रिय दुग्ध विकास बोर्ड र नेपाल डेरी एसोसिएशन (NDA) को संयुक्त आयोजनामा शुरु भएको तालिम मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यता तथा रामेछाप डेरी उद्योग […]

  6. उजाडिँदै गाउँ: युवाविहीन बस्ती र ओझेलमा ग्रामीण विकास

    नेपालका ग्रामीण बस्तीहरू अहिले तीव्र रूपमा सुनसान हुँदै गएका छन् । कुनै बेला किसानका हलोका फालहरू ओहोरदोहोर गर्थे, खेतबारीमा गाईबस्तु चरिरहेका हुन्थे, साँझपख चौतारीमा गफगाफको चहलपहल चल्थ्यो । तर आज त्यही गाउँमा पस्दा खाली घरका भित्ताहरूमा झ्याउ उम्रिरहेका छन्, बाटोघाटोमा झाडीले छोप्न थालेका छन् । हिजो अस्तिको पुस्ता, जसले सिङ्गो गाउँ सम्हाल्थ्यो, वृद्ध भइसकेको छ […]

  7. सोलुखुम्बुको लिखुपिकेमा आगलागीबाट घर जल्यो, गाउँपालिकाका तीन ओटा शाखा कक्षमा क्षति

    रामेछाप– सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको वडा नं ३ मा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । आइतबार विहान भएको आगलागीबाट स्थानीय रुद्र बहादुर खत्रीको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।  लिखुपिके गाउँपालिकाको कार्यालय नजिकै रहेको उक्त घरमा गाउँपालिका अन्तरगतका तीन ओटा शाखाको कार्यकक्ष रहेको र उक्त कार्यकक्ष समेत जलेर नष्ट भएको गाउँपालिकाका प्रवक्ता […]

  8. मन्थलीदेखि जिरीसम्म यामाह बाइक राइड सम्पन्न, पर्यटन प्रवर्द्धनमा टेवा

    रामेछाप– रामेछापको मन्थलीस्थित पि एन पी अटो मोबाइल्स र यामाहा कम्पनीको संयुक्त आयोजनामा यामाहा बाइक राइड सम्पन्न भएको छ। शनिबार बिहान मन्थलीबाट सुरु भएको उक्त राइडमा २० भन्दा बढी यामाह कम्पनीका बाइकहरू सहभागी भएका थिए। पर्यटन प्रवर्द्धनमा सहयोग नेपालका विभिन्न गन्तव्यहरूको प्रवर्द्धन गर्दै पर्यटन विकासमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको यो राइड मन्थलीबाट सुरु भई […]

  9. नेबिसंघ मन्थली क्याम्पसको स्वास्थ्य शिविर: ५० भन्दा बढीले लिए सेवा

    रामेछाप– नेपाल विद्यार्थी संघ मन्थली क्याम्पसले बिहीबार आयोजना गरेको नि:शुल्क स्वास्थ्य परीक्षण शिविरमा ५० जना भन्दा बढी विद्यार्थीले सेवा लिएका छन्। क्याम्पस परिसरमा आयोजना गरिएको शिविरमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले स्वास्थ्य सेवा लिएका छन् । कार्यक्रमको पहिलो दिन विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहनुका साथै उनीहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्। नेविसंघका नेता युवराज बुढाथोकीका अनुसार विद्यार्थीहरू अध्ययनमा मात्र […]

  10. मन्थलीको कुनौरीमा ट्रक दुर्घटना

    रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं ६ कुनौरीमा ट्रक दुर्घटनामा परेको छ । बिरगंजबाट मन्थली तर्फ आउँदै गरेको बा २ क ४१८८ नम्बरको ट्रक बुधबार बिहान कुनौरीको डाँडामा दुर्घटनामा परेको प्रत्यक्षदर्शी नारायण प्रधानले बताए । दुर्घटनामा परेको ट्रकमा चालक मात्रै रहेको र उनि सकुसल रहेको प्रत्यक्षदर्शी प्रधानले बताए । दुर्घटनामा परेको ट्रकमा कुखुराको दाना रहेको […]

  11. न्यूनतम सेवा मापदण्डमा बागमती प्रदेशमै दोस्रो बन्यो रामेछाप अस्पताल

    रामेछाप– न्यूनतम सेवा मापदण्ड मापनमा रामेछाप अस्पताल बागमती प्रदेशमा दोस्रो भएको छ । बागमती प्रदेशका विभिन्न जिल्लामा संचालनमा रहेका ५० शैयाका प्रादेशिक अस्पताल मध्ये रामेछाप अस्पतालले ८९ प्रतिशत अंक प्राप्त गर्दै प्रदेशभरिमा दोस्रो भएको हो ।  १५ शैयाबाट ५० शैयामा स्तरोन्नतिपछि पहिलो पटक न्यूनतम सेवा मापदण्ड अनुसार मापन भएको हो । मूल्यांकन टोलीका डा. नवीन […]

  12. गाउँमै पाठेघरको मुखको क्यान्सर परीक्षण हुने 

    रामेछाप– सुनापति गाउँपालिकाले गाउँ केन्द्रित स्वास्थ्य कार्यक्रम मार्फत विवाहित महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण (भिआइए स्क्रिनिङ) गर्ने भएको छ । स्वास्थ्यकर्मीहरूको उपस्थितिमा गाउँमै गएर ३० वर्ष माथिका विवाहित महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण गर्ने भएको हो । मुख्य मन्त्री जनता परीक्षणसँगै एकीकृत रूपमा गाउँ तहमा नै पुगेर ‘भिआइए’ प्रविधि मार्फत निःशुल्क रूपमा महिलाको […]