समाचार
७७०समाचार
पृष्ठ ६२
‘मलाई फसाउने नियतले आक्रमणको आरोप लगाईयो’- तरुण अध्यक्ष खड्का
रामेछाप– नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ले नामाडीमा भएको घट्नामा आफ्नो कुनै पनि संलग्नता नरहेको दावी गरेका छन् । हाम्रो प्रहार डटकमसँगको कुराकानीमा अध्यक्ष खड्काले सडक उपभोक्ता समितिका सचिब देवराज खड्कामाथी भएको आक्रमणमा आफ्नो कुनै पनि संलग्नता नरहेको दावी गरेका हुन् । अध्यक्ष खड्काले भने– ‘घट्ना स्थलमा म थिएँ, त्यहाँ थुप्रै मानिसहरु […]
रामेछापमा एम्नेष्टी इन्टरनेशनल नेपालको अधिवेशन सम्पन्न, संयोजकमा अधिकारी
रामेछाप– एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–१९ रामेछापको संयोजकमा अप्रिल अधिकारी चयन हुनुभएको छ । रामेछापको मन्थलीमा शुक्रबार सम्पन्न आठौं साधारसभा तथा चौथो अधिवेशनले अप्रिल अधिकारीको संयोजकत्वमा नौ सदस्यिय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको सहसंजोकमा कुमार श्रेष्ठ, सचिबमा ज्ञानु श्रेष्ठ, सहसचिवमा नेप्लु भट्ट जिरेल र कोषाध्यक्षमा जानुका श्रेष्ठ चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा क्रमशः पुस्कल […]
वडाध्यक्षको तलब–भत्ताबाट इन्टरनेट, २४ सै घण्टा फ्री वाइफाई
रामेछाप– रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरको चारघरे बजार र रामपुर बजारमा सोमबार देखि फ्री वाइफई (इन्टरनेट सेवा) संचालनमा आएको छ । वडा कार्यालयले नागरिकहरुलाई सूचना प्रविधिमा सहज तरिकाले जोड्ने उद्देश्य सहित रामपुरमा रहेका दुई बजारमा निःशुल्क र अन्य केही स्थानमा सशुल्क सहित वाइफई (इन्टरनेट) सेवा संचालनमा ल्याएको हो । अहिलेको बदलिदो युगमा सबै […]
खाँडादेवीमा पाँच शैयाको अस्पताल संचालनमा, जटिल बाहेकका सबै सेवा गाउँमै
रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिकामा पाँच शैयाको अस्पताल संचालनमा आएको छ । गाउँपालिकाको वडा नं ५ पकरबासमा विहिबार गाउँपालिका अध्यक्ष प्रेम तामाङ र उपाध्यक्ष मखमली श्रेष्ठले अस्पतालको उद्घाटन गर्दै अस्पताल संचालनमा आएको बताएका छन् । पकरबास स्वास्थ्य चौकीलाई स्तरउन्नती गरी पाँच शैयाको अस्थायी अस्पताल संचालनमा ल्याइएको गाउँपालिका अध्यक्ष प्रेम तामाङले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]
दशैंको शुभकामना दिन सामाजिक सुरक्षा भत्ता बोकेर वडाध्यक्ष पुग्छन् घरमै
रामेछाप– कोरोना कहरबीचमा पनि गाउँका सरकारहरु आफ्ना नागरिकलाई दशैंको शुभकामना दिन सामाजिक सुरक्षा भत्ता बोकेर घर–घरमै पुग्न थालेका छन् । रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका जनप्रतनिधि कोरोनाको त्रासमा रहेका नागरिकको अवस्था बुझ्दै दशैंको शुभकामना सहित सामाजिक सुरक्षा भत्ता बोकेर घर–घरमै पुगेका हुन् । दशैं नजिकिएसँगै स्थानीयहरुलाई आर्थिक रुपमा समेत समस्या नहोस भन्ने उद्देश्यले कोरोना […]
ट्राफिक प्रहरीलाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग
रामेछाप– पि.एन.पी. अटो मोबाइल्स मन्थलीले ट्राफिक प्रहरीलाई स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएको छ । अग्रपंक्तीमा रहेर काम गर्ने ट्राफिक प्रहरीहरुको स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले सोमबार यामाहा सोरुमको आधिकारिक विक्रेता पि.एन.पी. अटो मोबाइल्सले जिल्ला ट्राफिक कार्यालय रामेछापलाई स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएको हो । कोरोना भाइरसबाट बच्नको लागि ह्यान स्यानीटाइजर २३ बट्टा, एन–९५ माक्स २२ […]
सामाजिक सुरक्षा भत्ता बोकेर घरमै पुगे वडाध्यक्ष
रामेछाप– कोरोनाको कारण घरमा बसेका नागरिकलाई भेट्न रामेछाप नगरपालिका वडा नं ८ का वडाध्यक्ष सामाजिक सुरक्षा भत्ता लिएर घरमै पुगेका छन् । दशैँ नजिकिएसँगै वडाध्यक्ष केदार कार्की र वडा सदस्यहरु सहितको टोली आफ्ना नागरिकलाई भेट्ने र सामाजिक सुरक्षा भत्ता पनि वितरण गर्न घरमै पुगका हुन् । दशैँलाई लक्षित गरेर जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका […]
सैपु विद्युतीकरणमा कुनै अनियमितता भएको छैन, काम सम्पन्न भएपछि सार्वजनिक सुनुवाई गर्छौः अध्यक्ष तामाङ
रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर २ सैपुले विद्युतीकरणमा जोडिएर आएका विभिन्न समाचारमा कुनै सत्यता नरहेको प्रष्ट पारेको छ । सैपुलाई पूर्ण विद्युतीकरणको लागि मिटर खरिद तथा जडानमा लाग्ने खर्चमा वडाध्यक्षले लाग्ने भन्दा बढी पैसा उठाएको भन्ने समाचारमा कुनै सत्यता नभएको भन्दै वडा कार्यालयले एक प्रेस विज्ञप्ती जारी गरेको छ । वडाध्यक्ष पदम तामाङद्वारा जारी […]
‘विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर उपलब्ध गराउँदा बिचौलिया हुनु पर्ने ?’ – अध्यक्ष तामाङ
रामेछाप- रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगाले वडामा विद्युत मिटर खरिद तथा जडानमा वडा कार्यालयले कुनै पनि पैसा नउठाएको बताएको छ । वडामा विद्युत विस्ताको लागि वडा कार्यालयले नेपाल विद्युत प्राधिकरणलाई सहयोग मात्रै गरेको र विद्युत मिटर जडानको लागि लाग्ने खर्च प्राधिकरणले नै उठाएकाले वडा कार्यालयले स्थानीय नागरिकसँग कुनै पनि शिर्षकमा पैसा नउठाएको वडाध्यक्ष टुपेन्द्र […]
‘रामेछाप नगरमा पूर्ण विद्युतीकरणले विकासका पूर्वधार तयार भए’– नगर प्रमुख थापामगर
रामेछाप– रामेछाप नगरपालिका पूर्ण रुपमा विद्युतीकरण भएसँगै उज्यालो नगरमा परिणत भएको छ । नगरको केही भागमा मात्रै सिमित रहेको विद्युत स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएर आएपछि छोटो समयमा नै नगरका ९ ओटै वडा उज्यालो वडामा परिणत भएका हुन् । विहिबार रामेछाप नगरपालिकाको वडा नं ४ हिमगंगामा विद्युत बलेसँगै रामेछाप नगरपालिका पूर्ण रुपमा विद्युतीकरण भएको हो […]
नेपाल जेसिज वर्ष २०२१ को क्षेत्रिय सम्मेलन रामेछापमा हुने
कुमार श्रेष्ठ, रामेछाप– नेपाल जेसिज क्षेत्र ‘ग’ वर्ष २०२१ को क्षेत्रिय सम्मेलन रामेछापमा हुने भएको छ । नेपाल जेसिजको आयोजना तथा ठिमी जेसिजको आतिथ्यतामा भएको बर्ष २०२० को क्षेत्र‘ग’ सम्मेलनले क्षेत्र ‘ग’ वर्ष २०२१ को क्षेत्रिय सम्मेलन रामेछापको सदरमुकाम मन्थलीमा गर्ने निर्णय गरेको हो । रामेछाप जेसिजको आतिथ्यतामा हुने आगामी क्षेत्रिय सम्मेलनमा क्षेत्र ‘ग’ अन्तरगतका […]
रामेछाप काँग्रेसको सभापतिमा कान्छाराम तामाङको उम्मेद्वारी घोषणा
रामेछाप- नेपाली काँग्रेसका नेता पूर्णबहादुर तामाङ कान्छारामले नेपाली काँग्रेसकाे १४ औं महाधिवेशनमा रामेछापको पार्टी सभापति पदमा उम्मेदवारी दिने घाेषणा गरेका छन् । १४ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा उनले आफू सभापतिको उम्मेदवार बन्ने बताएका हुन् । तामाङले आगामी अधिवेशनमा सबैसँग सहमति गरेर अगाडि बढ्ने पनि बताएका छन् । नेपाली काँग्रेसको पार्टी संगठनलाई बलियो बनाउने र […]











