समाचार

७७०समाचार

पृष्ठ ६१

  1. रामेछापको सुकाजोरमा बन्ने भयो सुविधा सम्पन्न कभर्ड हल

    रामेछाप– रामेछाप नगरपालिकामा सुविधा सम्पन्न कभर्ड हल निर्माण हुने भएको छ । रामेछाप नगरपालिका र संघीय सरकारको संयुक्त लगानीमा रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा फुटबल मैदान सहितको सुविधा सम्पन्न कभर्ड हल निर्माण हुन लागेको हो । २०७९ साल असार २५ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने कभर्ड हलको आइतबार नगर प्रमुख नर बहादुर थापामगरले शिलान्यास […]

  2. रामेछापको विटार पार्कमा बन्यो मिनी धरहरा र सेल्फी टावर (फोटोमा)

    रामेछाप– रामेछापको सदरमुकाम मन्थली नजिकै रहेको विटार पार्कले अहिले सबैको ध्यान खिचेको छ । अहिले यहाँ बनेका विभिन्न प्रकारका संरचनाहरु हेर्न दैनिक जसो सयौंको संख्यामा मानिसहरु आउछन् । केही समय अघि जारी भएको नेपालको नक्सा देखि सगरमाथाको आकृति सम्म हेर्न पाइने विटार पार्कमा अहिले अर्का दुई ठुला संरचना पनि थपएिका छन् । ति दुई संरचना […]

  3. साँघुटारको थाक्लेमा खुल्यो शहरी स्वास्थ्य केन्द्र, घर नजिकै स्वास्थ्य केन्द्र खुलेपछि स्थानीय खुसी

    साँघुटार– रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ साँघुटारको थाक्लेमा शहरी स्वास्थ्य केन्द्र खुलेको छ । बुधबार रामेछाप नगरपालिकाका नगर उपप्रमुख सृजना खड्काले थाक्लेडाडा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै शहरी स्वास्थ्य केन्द्र संचालनमा आएको घोषणा गरेकी हुन् । साँघुटरको माथिल्लो भाग र देउरालीको केही भागका स्थानीयले सहज रुपमा स्वास्थ्य उपचार पाउन भन्ने उदेद्दश्यले शहरी स्वास्थ्य […]

  4. उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी सदस्यमा रामेछापका श्याम थापा निर्वाचित

    रामेछाप– उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी सदस्यमा रामेछापका श्याम थापा निर्वाचित भएका छन् । रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका थापा प्रदेशको कार्यकारिणी सदस्यमा निर्बिरोध निर्वाचित भएका हुन् । पाँच जना सदस्य रहने संघको सदस्यमा पाँच जनाको मात्रै उम्मेदवारी परेपछि थापा सहित पाँचै जना निर्बिरोध निर्वाचित भएका छन् ।संघको अन्य केही पदमा […]

  5. चुनावमा बोलेको बाचा पुरा गर्दै जनप्रतिनिधि, गाउँमै खुल्यो शहरी स्वास्थ्य केन्द्र

    रामेछाप– स्थानीय तहको चुनावमा गाउँ गाउँ गएर भोट माग्ने उम्मेद्वारले भनेका थिएः ‘हामीलाई भोट दिनुसो, तपाईको गाउँमा खाने पानी ल्याउँछौँ, स्वास्थ्य, शिक्षा र विकास निर्माणको कामलाई पाँच वर्ष भित्रै पुरा गर्छौ ।’ नभन्दै अहिले स्थानीय सरकारका जनप्रतिनिधिले चुनावको बेला जनतामाझ गरेका बाचा पुरा हुँदै गएको महसुस गरेका छन् । बुधबार रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा […]

  6. प्रजिअ शर्माको पत्रकारसँग डेढ घण्टाः ‘हाइड्रोको प्रलोभनमा बिक्दिन, ठेगेदार भेट्दिन’ (भिडियो)

    रामेछाप– रामेछपाका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले जिल्लामा निर्माणधिन हाइड्रोपावरबाट पीडित नागरिकले झेलीरहेको समस्या समधानको लागि हाइड्रोकोपावरहरुको प्रलोभनमा नबिक्ने बताएका छन् । मंगलबार जिल्लाका पत्रकारसँगको परिचयात्मक कार्यक्रममा पत्रकारहरुले जिल्लाका विभिन्न ठाउँमा निर्माणाधिन अवस्थामा रहेका हाइड्रोपावारका संचालकहरुले स्थानीय नागरिक र स्थानीय सरकारसँग समन्वय नगरी सिधै सिडियो र माथिल्लो निकायसँग मात्रै समन्वय गरेर स्थानीयले भोगीरहेका समस्याको […]

  7. उद्योग वाणिज्य महासंघ बागमतीको निर्वाचनमा रामेछापबाट श्याम थापाले उम्मेद्वारी दिन पाउने

    रामेछाप– उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको निर्वाचनमा रामेछाप जिल्लाबाट रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्याम थापाले उम्मेद्वारी दिन पाउने भएका छन् । रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरेको अध्यक्षतामा मंगलबार बसेको बैठकले थापालाई प्रदेशको निर्वाचनमा उम्मेद्वारी दिन पाउने गरी निर्णय गरेपछि प्रदेश महासंघको निर्वाचनमा जुनसुकै पदमा पनि उम्मेद्वारी दिन पाउने भएका हुन् […]

  8. ‘लैंगिक हिंसा अन्त्य गर्ने जिम्मा महिलाको मात्रै हैन्’ –उपप्रमुख खड्का (भिडियो)

    रामेछाप– रामेछाप नगरपालिकाको उपप्रमुख सृजना खड्काले लिङ्गको आधरमा गरिदै आएको विभेद अन्त्य गर्ने जिम्मा महिलाको मात्रै नभएको बताउनुभएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिवसिय अभियानको समापन कार्यक्रममा बोल्दै उपप्रमुख खड्काले पछिल्ला वर्षहरुमा लैंगिक हिंसाको विरुद्धमा हुने कार्यक्रम महिलाको मात्रै हो भन्ने दृष्टिले हेरिदा लैंगिक हिंसाका घटना पूर्ण रुपमा अन्त्य हुन नसकेको बताउनुभएको हो । […]

  9. रामेछापमा बाख्रा जोन कार्यक्रम प्रभावकारी बन्दै, पचास प्रतिशत अनुदानमा बोका–पाठी पाइने

    रामेछाप– रामेछापमा बाख्रा जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापद्वारा संचालन भएको बाख्रा जोन कार्यक्रम मार्फत किसानहरुले बाख्रा पालनको लागि प्राविधिक साहयोगसँगै पचास प्रतिशत अनुदानमा बोयर जातका बोका र पाठी पाउने भएपछि बाख्रा जोन कार्यक्रम प्रभावकारी बन्दै गएको हो । अघिल्लो वर्षबाट शुरु गरिएको बाख्रा जोन कार्यक्रम […]

  10. थानापतिमा प्याराग्लाईडिङ परीक्षण सफल भयो, चाँडै नियमित उडान हुन्छ’– अध्यक्ष पुलामी

    रामेछाप– रामेछापको मन्थली नगरपालिका वडा नं ९ पुारानगाउँमा रहेको प्रसिद्ध थानापति महादेव मन्दिरबाट परिक्षणका लागि उडाइएको प्याराग्लाइडिङको परीक्षण सफल भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा परीक्षणको लागि पहिलो पटक उडाईएको प्याराग्लाईडिङको परीक्षण सफल भएको हो । मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँका वडाध्यक्ष बुद्धि बहादुर पुलामी मगरका अनुसार विहिबार दिउँसो थानापति महादेव मन्दिरको डाँडाबाट […]

  11. आगलागीमा परी ज्यान गुमाएका परिवारलाई जिल्ला विपत्त व्यवस्थापन कोषबाट राहत

    रामेछाप– रामेछापको मन्थली नगरपालिका वडा नं. ७ भटौलीमा आगलागीमा परी ज्यान गुमाएका बालकका परिवारलाई जिल्ला विपत्त व्यवस्थापन कोषले दुई लाख रहात उपलब्ध गराएको छ । कोषका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले घट्नास्थलमै पुगेर मृतकका परिवालाई दुई लाख नगद राहत उपलब्ध गराउनुभएको हो । शनिबार दिउँसो आफ्नै घरमा विद्युत सर्ट भई आगलागी हुँदा ज्यान […]

  12. तरुण दलको निष्कर्षः ‘नामाडी घटनालाई तोडमोड गरेर निर्दोष व्यक्ति फसाउन खोजियो’

    रामेछाप– नेपाल तरुण दल रामेछापले मंगलबार नामाडीमा भएको घटनाक्रमलाई राजनीतिक पूर्वग्राही राखेर घटनालाई तोडमोड गरिएको निष्कर्ष निकालेको छ । बिहिबार नेपाल तरुण दल रामेछापले एक प्रेस विज्ञप्ती जारी गर्दै घटनालाई तोडमोड गर्दै जिल्ला अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ लगायतका ब्यक्तीमाथी प्रहरीको समेत मिलेमतोमा मिति २०७७/०८/०३ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा ज्यान मार्ने कसुर अन्तरर्गत मुद्दा […]