समाचार

७७०समाचार

पृष्ठ ४८

  1. गोठगाउँका पहिरो पीडितलाई राहत

    रामेछाप– अविरल वर्षका कारण घर पुरिएर विस्तापित भएका रामेछाप नगरपालिका वड नं १ गोठगाउँका  दुई घरपरिवालाई राहत सहयोग गरिएको छ । मंगलबार राती घरमाथीबाट खसेको पहिरोले घर पुरिएर विस्तापित हुन पुगेका गोठगाउँका भिम प्रसाद सापकोटा र ददिराम सापकोटाको परिवारलाई नेपाली काँग्रेस रामेछापका सचिव लेख बहादुर कार्कीले खाद्यान्न सहितको राहत सहयोग गरेका हुन् । सापकोटा परिवार […]

  2. नागरिकता लिन आधा महिना पालो कुर्नुपर्ने बाध्यता

    कपिलवस्तु- दरबन्दी अनुसारको कर्मचारी नहुँदा कपिलवस्तुमा नागरिकता बनाउन आधा महिना पालो कुर्नुपर्ने बाध्यता रहेको छ । गृहमन्त्री बालकृष्ण खाँडको छिमेकी जिल्ला कपिलवस्तुमा कर्मचारी नहुँदा जनताले सास्ती खेप्नु परिरहेको हो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा छोरी इसा रानाको नागरिकता बनाउन आएका बुद्धभूमी-२ का टङ्क राना लामो पालो कुर्नु परेपछि दिक्क मान्दै भन्दै थिए, ‘छोरीको लागि भदौ […]

  3. रामेछाप प्रदेशसभा ‘क’ क्षेत्रिय सभापतिमा केशव महतको उम्मेद्वारी घोषणा

    रामेछाप– नेपाली काँग्रेस रामेछाप प्रदेशसभा ‘क’ (क्षेत्र–१) को क्षेत्रिय सभापतिमा केशव महतले उम्मेद्वारी घोषणा गरेका छन् । नेपाली काँग्रेसका जिल्ला कार्यसमिति रामेछापका सदस्य समेत रहेका महतले काँग्रेसको १४ औँ अधिवेशनमा रामेछाप प्रदेशसभा ‘क’ (क्षेत्र–१) को सभापतिमा उम्मेद्वारी रहेको घोषणा गरेका हुन् । सवाल, सक्षम र गतिशील काँग्रेस बनाउने मुख्या नाराका साथ रामेछाप प्रदेशसभा ‘क’ (क्षेत्र–१) […]

  4. दिब्यदृष्टि रहोस् मिशनतिर

    जुनसुकै राजनीतिक दलको पनि आफ्नो ध्येय र मिशन हुन्छ । यसका हर क्रियाकलापहरु त्यस तर्फ निर्देशित हुन्छन् । नेपालका राजनीतिक दलहरुमध्ये जन्मको आधारमा दोस्रो पुरानो दल नेपाली कांग्रेस आफ्नो स्थापना काल देखि नै लोकतन्त्र र समाजबादलाई अनुशरण गर्दै राष्ट्रि«यतालाइ प्रबद्र्धन गर्ने लक्ष्यका साथ आज झण्डै ७६ बर्ष पार गर्दैछ । लक्ष्य र मिशन साध्य हो […]

  5. केपी ओलीलाई अष्टलक्ष्मीका चार सुझाव

    न्युज कारखाना/काठमाडौं- एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले फुट र जुटको अनुभव भएको एमाले सुदृढ बनाउन चारवटा सुझाव दिएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै उपाध्यक्ष शाक्यले एमाले सुदृढ बनाउन नेतृत्वको ध्यानाकर्षण गराइन् । यस्ता छन् चार सुझाव १) हामी विचारबाट साह्रै विचलित भयौं । वैचारिक प्रशिक्षण भएन । नवौं अधिवेशनमा दुइटा […]

  6. बोक्सेको भिरमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक घाइते

    रामेछाप– रामेछापको मन्थली नगरपालिका वडा नं ६ बोक्सेको भिरमा बोलेरो दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने एक जना बालक घाइते भएका छन् । काठमाण्डौबाट ओखलढुंगाको खिजीफलाटे तर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो विहिबार विहान बोक्सेको भिरमा दुर्घटना हुँदा चालक सहित बोलेरोमा सवार तीन जनाको घटना स्थलमै ज्यान गएको छ […]

  7. ‘जनचेतना कमीको कारण बाल विवाह रोकिएन’- अनन्त

    रामेछाप- बाल विवाह न्यूनिकरणका अभियान्ता अनन्त मगरले जनचेतना कमीको‌ कारण बाल विवाह नरोकिएको दावी गरेका छन् । बाल दिवसको अवसरमा आफ्नो भनाई प्रस्तुत गर्दै वालविवाह न्यूनिकरणका अभियान्ता मगरले अहिले पनि समाजमा‌ अभिभावकको भूमिकामा रहेका स्थानीय नागरिकमा जनचेतना कमीका कारण समाजमा वाल विवाह रोकिनुको सट्टा वृद्ध हुँदै गएको दावी गरेका छन् । समाजमा कुरितिको रुपमा रहेका […]

  8. ‘सभापतिमा मेरो उम्मेद्वारी कायमै छ, अन्य समूहसँग मिल्ने भन्ने हल्ला मात्रै हो’– कान्छाराम

    रामेछाप– नेपाली काँग्रेसका नेता एवं महासमिति सदस्य पुर्णबहादुर तामाङ कान्छारामले रामेछापको जिल्ला सभापतिमा आफ्नो उम्मेद्वारी कायमै रहेकाले उम्मेद्वारी छोड्ने र अन्य समूहसँग मिल्न लागेको भन्ने हल्ला मात्रै भएको बताएका छन् । केही दिन अघिदेखि पार्टी सभापतिका सम्भावित उम्मेद्वारहरुको समूहले कान्छारामले उम्मेद्वारी फिर्ता लिएर आफ्नो समूहमा मिल्छ भन्दै गलत हल्ला फैलाएर मतदातालाई आफ्नो समूहमा तान्ने प्रयास […]

  9. रामेछापमा एमालेका १ सय ६५ जनप्रतिनिधिलाई पार्टी छोड्न सकस

    एमालेमै रहने की, नेकपा एसमा जने ?, अझै अलमलमा  नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएसँगै एमाले भित्र आएको आन्तरिक विवादले २०७८ भदौ ९ गते एमाले फुटेर निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दर्ता भयो । एमालेकै वरिष्ट नेता माधव कुमार नेपालको नेतृत्वमा एमालेबाट निर्वाचित ३० सांसद सहित ५५ जना […]

  10. गोकुलगंगा–५ का वडाध्यक्षले नेकपा एकीकृत समाजबादीमा गराए सनाखत

    रामेछाप– गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडीका वडाध्यक्षले एमाले छोडेर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) मा सनाखत गराएका छन् । शुक्रबार जिल्ला निर्वाचनको कार्यालयमा आएर नामाडीका वडाध्यक्ष बलराम खड्काले आफू नेकपा एमाले त्यागेर नेकपा (एस) मा रहने भन्दै सनाखत गराएको रामेछापका निर्वाचन अधिकारी सम्भुकुमार कटुवालले बताए । जिल्ला निर्वाचन कार्यालयले सबै पालिकामा भदौ २२ गते […]

  11. १७ महिना पछि बल्ल खुल्ने भए मन्थलीका ७२ विद्यालय

    रामेछाप– १७ महिना देखि बन्द अबस्थामा रहेका मन्थली नगरपालिकाका विद्यालय भदौ २५ गते देखि खुल्ने भएका छन् । कोरोना भाइरसका काराण १७ महिना अघि देखि भौतिक रुपमा ठप्प रहेका ७२ वटा विद्यालयहरु स्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्दै शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठ गर्ने गरी नगरपालिकाले विद्यालय खोल्ने निर्णय गरेको छ । विद्युतिय माध्यमको […]

  12. रामेछापमा हुने नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलनको तयरी पुरा

    रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा भदौ २५ र २६ गते हुन लागेको नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलनको तयारी सबै पुरा भएको छ । नेपाल जेसिजको क्षेत्र ‘ग’ अन्तरगतका ३५ ओटा शाखा सहभागी हुने क्षेत्रिय सम्मेलनको सबै तयारी पुरा भएको रामेछाप जेसिजले विहिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । रामेछाप जेसिजको आतिथ्यमा हुने सम्मेलनलाई सफल बनाउनको […]