समाचार
७७०समाचार
पृष्ठ ४५
काँग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने बिनिता खड्काको घोषणा, कान्छी सदस्य बन्ने दाउमा
रामेछाप- रामेछापकी बिनिति खड्काले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन् । नेपाली काँग्रेको १४ औँ माधिवेशनमा आफू खस–आर्य महिला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेकी हुन् । बिहिवार उम्मेद्वारी घोषणा गर्दै हजुरबा उमेरकाले काँग्रेस हाँकीरहेको र अब नातिनी उमेरकाले काँग्रेस हाक्ने जिम्मेवारी लिने अवस्था आएकाले आफूले उम्मेद्वारी दिन लागेको बताइन् । […]
युवाहरुलाई नगर प्रमुखको आग्रहः ‘सिप सिकेर दक्ष बन्नुहोस, थप सहयोग हामी गर्छौं’
रामेछाप- रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले सिप सिकेर दक्ष बन्न युवाहरुलाई आग्रह गरेका छन् । हजुरको रेडियोले आयोजना गरेको रेडियो पत्रकारीता तथा उद्घोषण तालिमको उद्धघाटन गर्दै नगर प्रमुख थापामगरले युवाहरु सिप सिकेर दक्ष बनेको खण्डमा मात्रै समृद्ध नगरपालिका बन्ने भएकाले नगरका युवाहरुलाई सिप सिकेर दक्ष बन्न आग्रह गरेका हुन् । विगतका केही वर्षदेखी […]
खेल पुर्वाधारको लागि दीगो संरचना निर्माणमा जोड दिन्छौँ– सदस्य सचिव घिसिङ
रामेछाप- राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले आफ्नो कार्यकालमा खेल पुर्वाधारको लागि दिगो संरचना बनाएर छाड्ने बताएका छन् । प्रेस सेन्टर रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले प्रदेश, स्थानीय तह र वडा गाउँ स्तरमा खेल पुर्वाधारको विकास गर्ने बताएका हुन् । खेल पुर्वाधारको लागि मन्त्रालयले योजना बनाइसकेको र […]
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
रामेछाप- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापको बिहिवार भएको चौथो जिल्ला अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत निर्वाचित गरेको हो । उपाध्यक्षमा निरोज श्रेष्ठ, सचिवमा शान्ता श्रेष्ठ, सह–सचिवमा दिपक लामा र कोषाध्यक्षमा सम्बर बहादुर हायु ‘प्रशान्त’ निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः […]
भागबण्डाको लागि हैन, परिणाममुखी कामको लागि मन्त्रालय फुटाएका हौँ– मुख्यमन्त्री पाण्डे
रामेछाप- बागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले राजनीतिक भागबण्डाको लागि नभइ परिणाममुखी कामका लागि मन्त्रालय फुटाएको बताएका छन् । बुधबार साँझ रामेछापको सदरमुकाम मन्थलीमा पार्टी कार्यकर्ता तथा पत्रकारहरुसँग कुरा गर्दै मुख्य मन्त्री पाण्डेले काम गर्ने क्षेत्र धेरै तर मन्त्रालय एउटै हुँदा काम प्राथमिकतामा नपर्ने र कामको परिणाम नदेखिएकाले परिणाममुखी कामका लागि मन्त्रालय फुटाएको बताएका हुन् […]
काँग्रेस प्रदेश अधिवेशनः बागमती प्रदेशमा रामेछापबाट ६ जना निर्वाचित
रामेछाप- नेपाली काँग्रेसको बागमती प्रदेश प्रथम अधिवेशनबाट रामेछापका ६ जना निर्वाचित भएका छन् । मंसिर १८ गते भएको प्रदेश अधिवेशनबाट खुल्ला तर्फ ३ जना, भुगोल तर्फबाट दुई जना र दलित पुरुष तर्फबाट १ जना गरी ६ जना निर्वाचित भएका हुन् । सभापति, पदाधिकारी र प्रदेश कार्यसमिति सदस्यकाको लागि १८ गते निर्वाचन भएको भएपनि सदस्यको अन्तिम […]
३० वर्षका मेष बहादुरः मुद्दा १८ ओटा, जेल सजय १ सय २९ वर्ष !
रामेछाप- चोरी तथा डकैती मुद्दामा १४ लाख ८३ हजार ३ सय ४७ रुपैया जरिवाना सहित १ सय २९ वर्ष कैद सयज तोकिएका फरार व्यक्तिलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ । ६ वटा जबरजस्ती चोरी र १२ वटा डाँका चोरी मुद्दामा नगद जरिवाना सहित जिल्ला अदालत तनहुँले १ सय २९ वर्ष कैद सजय तेकेका सिन्धुली जिल्ला […]
प्रथम रामेछाप जिल्ला फुटबल लिगको सबै तयारी पूरा, लिगमा १२ टिमले भाग लिने
रामेछाप- प्रथम रामेछाप जिल्ला फुटबल लिग–२०७८ को तयारी पूरा भएको छ । मंसिर २३ गत देखि २५ गते सम्म मन्थलीमा संचालन हुने प्रथम रामेछाप जिल्ला फुटबल लिग–२०७८ को सबै तयारी पूरा भएको आयोजकले बताएको छ । रामेछाप जिल्ला फुटबल संघलले सोमबार पत्रकार सम्मेलन गरी लिगको सबै तयारी पूरा भएको बताएको हो । लिगमा जिल्लाका १२ […]
यस्तो बने रामेछापका ८ पालिका हाक्ने माओवादी केन्द्रका टिम (सूची सहित)
रामेछाप- नेकपा माओवादी केन्द्र रामेछापले ८ स्थानीय तहमा अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ । दुई नगरपालिका र ६ गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको नेकपा माओवादी केन्द्र रामेछापले बताएको छ । मंसिर ११ गते देखि विभिन्न सयमा भएको प्रथम पालिका अधिवेशनले रामेछाप नगरपालिकाको नगर कमिटी अध्यक्षमा मोतिलाल तामाङ र सचिवमा निर बहादुर […]
नेपाली काँग्रेस प्रदेश अधिवेशनः बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ निर्वाचित
रामेछाप– नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा १ हजार ८५ मत ल्याउँदै बानियाँ बागमती प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । बानियाँका निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीले ९ सय २७ मत प्राप्त गरेका छन् । दोस्रो चरणको निर्वाचनमा २ हजार २६ मत खसेको थियो । बानियाँले […]
राजनीतिक दलका गतिविधिले ‘ओमिक्रोन’ फैलने जोखिम
पछिल्लो समय देखिएको कोरोना भाइरसको परिवर्तित रुप डेल्टा भेरियन्टको त्रास सकिन नपाउँदै फेरि विश्वका केही देशहरुमा कोरोना भाइरसको नयाँ रुप ‘ओमिक्रोन’ फैलिन थालेको छ । नेपालसँग सिमा जोडिएको भारत सहित दश भन्दा बढी देशहरुमा कोरोना भाइरसको नयाँ रुप ओमिक्रोन देखिन थालेपछि नेपाल पनि नयाँ भेरियन्टको उच्च जोखिममा रहेको स्वास्थ्य विशेषज्ञहरुले बताउन थालेका छन् । विश्वका […]
भटौलीमा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन
रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौलीमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको वडा कमिटी गठन भएको छ । बेद बहादुर कार्कीको अध्यक्षतामा ३४ सदस्यीय वडा कमिटी गठन भएको हो । कमिटीको पदाधिकारीमा क्रमशः उपाध्यक्ष डिल बहादुर सार्की र सरिता खड्का, सचिव भिम बहादुर माझी र उपसचिव सम्भु बादी रहेका छन् । शनिबार गठित नयाँ […]












