प्रथम रामेछाप जिल्ला फुटबल लिगको सबै तयारी पूरा, लिगमा १२ टिमले भाग लिने
रामेछाप- प्रथम रामेछाप जिल्ला फुटबल लिग–२०७८ को तयारी पूरा भएको छ । मंसिर २३ गत देखि २५ गते सम्म मन्थलीमा संचालन हुने प्रथम रामेछाप जिल्ला फुटबल लिग–२०७८ को सबै तयारी पूरा भएको आयोजकले बताएको छ । रामेछाप जिल्ला फुटबल संघलले सोमबार पत्रकार सम्मेलन गरी लिगको सबै तयारी पूरा भएको बताएको हो । लिगमा जिल्लाका १२ […]

रामेछाप- प्रथम रामेछाप जिल्ला फुटबल लिग–२०७८ को तयारी पूरा भएको छ । मंसिर २३ गत देखि २५ गते सम्म मन्थलीमा संचालन हुने प्रथम रामेछाप जिल्ला फुटबल लिग–२०७८ को सबै तयारी पूरा भएको आयोजकले बताएको छ ।

रामेछाप जिल्ला फुटबल संघलले सोमबार पत्रकार सम्मेलन गरी लिगको सबै तयारी पूरा भएको बताएको हो । लिगमा जिल्लाका १२ वटा टिमले भाग लिने लिग संयोजक बासुदेव फुयालले बताए । फुयालका अनुसार खेल मन्थलीको हाटेचौर खेल मैदन र कुनौरी खेल मैदनमा संचालन गरिने छ ।
लिगमा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने बिजेता टिमलाई क्रमशः १ लाख एक सय एघार, ७५ हजार एक सय एघार, ५० हजार एक सय एघार र २० हजार एक सय एघार रुपैयाँ नगदको साथमा सिल्ड र मेडल प्रदान गरिने आयोजकले बताएको छ । लिग विजेता अर्थात प्रथम हुने टिमले प्रदेश लिगमा भाग लिन पाउने छ ।
लिगमा प्रथम, द्वितिय र तृतिय पुरस्कारको ब्यवस्था क्रमशः नेकपा एमालेका नेता रत्न प्रसाद गौतम, नेपाली काँग्रेसका महाधिबेसन प्रतिनिधि भरत प्रसाद चौलागाई र रामेछाप उद्योग बाणिज्य संघका सदस्य यज्ञ प्रसाद सुवेदीले गरेका छन् ।
प्रथम रामेछाप जिल्ला फुटबल लिग–२०७८ कोे उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले संघका सचिव ऋषभ घिमिरेले बताए ।
रामेछाप जिल्ला खेलकुद विकास समितिको समन्वयमा हुने लिगमा ग्रामिण सेवा युवा परिषद, दिपशिखा ब्वाइज युनाइटेड मन्थली, सानीमदौ शोसियल सिटी युवा क्लब, न्यू स्टार युवा क्लब मन्थली, खिम्ती प्याराडाइज युथ क्लब, जागरुक युवा क्लब रामेछाप, फुटबल क्लब भूजी, युनाइटेड रस्नालु युवा क्लब, मन्थली साँस्कृतिक समाज, शान्तिदिप युवा क्लब मन्थली, चण्डेश्वरी युवा क्लब र लिखुभूजी क्लब रामेछापले भाग लिने बताइएको छ ।




