समाचार
७७०समाचार
पृष्ठ ४१
मन्थली बजारमा ट्राफिक व्यवस्थापनको लागि चैत्र १ गते देखि नयाँ नियम लागु हुने
रामेछाप- मन्थली नगरपालिकाको केन्द्र समेत रहेको मन्थली बजारको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन चैत्र १ गते देखि केही नयाँ नियमहरु लागु हुने भएको छ । सोमवार सरोकारवालाहरु सहितको बैठक बसेर मन्थली नगरपालिका र जिल्ला ट्राफिक कार्यालय रामेछापको सहकार्यमा मन्थलीको मूख्य बजार केन्द्रको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित गर्ने गरी नयाँ नियमहरु लागु गर्ने मन्थली नगरपालिकाले बताएको […]
मन्थलीमा ट्याक्टर दुर्घटना, चालक बेपत्ता
रामेछाप- मन्थली नगरपालिका वडा नं ७ मा ट्याक्टर दुर्घटना भएको छ । आइतबार मध्याह्न मन्थलीबाट भटौली तर्फ जाँदै गरेको ज १ त ८३१८ नं को ट्याक्टर मन्थली यरपोर्ट पारीपट्टी दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् भने सहचालक सामान्य घाइते भएका छन् । खाली अवस्थामा रहेको ट्याक्टर दुर्घटना भएर करिब एक सय मिटल तल तामाकोशी नदीमा […]
रामेछाप उद्योग वाणिज्य संघको २९ वर्षे यात्रा, वार्षिक उत्सवमा १४ जना सम्मानित
रामेछाप- रामेछाप उद्योग वाणिज्य संघको स्थापना भएको २९ वर्ष पुरा भएको छ । २०४९ साल फागुन २१ गते अर्थात २९ वर्ष अघि आजकै दिन प्रज्वल कुमार बज्राचार्यको अध्यक्षतामा ११ सदस्यीय कार्यसतिबाट सुरु भएको रामेछाप उद्योग वाणिज्य संघले शनिवार २९ औं स्थापना दिवस मनाउँदै स्थापनाकाल देखि संघलाई अहिलेको अवस्था सम्म ल्याउन योगदान गर्ने संस्थापक अध्यक्ष तथा […]
नेपाली काँग्रेस उमाकुण्ड–काठमाण्डौं सम्पर्क समिति गठन, सभापतिमा डम्बर बहादुर बस्नेत
रामेछाप– नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिका–काठमाण्डौं सम्पर्क समिति गठन भएको छ । उमाकुण्ड गाउँपालिका घर भई हाल काठमाण्डौं बस्दै आएका काँग्रेसका नेता तथा कार्यकर्ताको शनिवार काण्ठमाण्डौमा आयोजित भेलाले डम्बर बहादुर बस्नेतको सभापतित्वमा ३५ दस्यीय नेपाली काँग्रेस उमाकुण्ड–काठमाण्डौ सम्पर्क समिति गठन गरेको हो । समितिको उपसभापतिमा आङनुरी लामा शेर्पा र कृष्ण कुमार कार्की चयन भएका छन् । […]
नेपाल तरुण दल मन्थली–३ कठजाेरले वितरण गर्यो खेलकुद सामाग्री
रामेछाप- नेपाल तरुण दल मन्थली नगरपालिका वडा नं ३ कठजोरले साविक कठजोर गाविसको पाँच ओटा वडालाई खेलकुद सामाग्री वितरण गरेको छ । शनिबार एक कार्यक्रम आयोजना गरेर साविकका पाँच ओटा वडाका क्लब तथा समूहरुलाई खेलकुदमा सहयोग पुर्याउने उद्देश्यले भलिबल खेलका लागि सामाग्री वितरण गरेको हो । राष्ट्रिय खेलको रुपमा रहेको भलिबल खेलमा स्थानीय युवाहरुको चासो […]
सालुका ४ सय विद्यार्थीलाई स्कुल ब्याग वितरण
रामेछाप– नेपाल जेसीज राष्ट्रिय स्वास्थ्य समिति वर्ष २०२२ ले रामेछापको मन्थली नगरपालिका वडा नं ४ सालुका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ । बुधवार सालुका सिद्धेश्वर माध्यमिक विद्यालय, सेतीदेवी आधारभूत विद्यालय र भिमेश्वर आधारभूत विद्यालयमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी ती विद्यालयमा अध्ययनरत करिव ४ सय विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको हो । […]
काँग्रेस नेता ताराराम श्रेष्ठको उपचारका लागि उठाइएको रकम परिवारलाई हस्तान्तरण
रामेछाप- नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापले काँग्रेस नेता ताराराम श्रेष्ठको उपचारका लागि उठाइएको रकम हस्तान्तरण गरेको छ । नेपाली काँग्रेस रामेछापकोे खाँडादेवी गाउँपालिकाको सित्खामा सम्पन्न जिल्ला कार्य समितिको वैठकमा पार्टीका सदस्यहरुबाट उठेको १ लाख ६५ हजार ५ सय २५ रुपैयाँ सहयोग रकम पार्टी सभापति पुर्णबहादुर (कान्छाराम) तामाङ्गले ताराराम श्रेष्ठका आफन्तलाई हस्तान्तरण गरेका हुन् । […]
रामेछापमा जुनार जोन कार्यक्रम प्रभावकारी बन्दै, जुनार उत्पादनमा वृद्धि
रामेछाप- जुनारको पहिचान बनाएको रामेछाप जिल्लामा यो वर्ष जुनार उत्पादनमा बृद्धि भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जुनार जोन कार्यक्रम संचालन गरेपछि जुनार उत्पादनमा बृद्धि भएको हो । विगत वर्षहरुमा जुनारमा किरा लाग्ने (फ्रुट फ्लाई) रोगले जुनार खेतीमा ठूलो असर गरेको थियो भने अहिले परियोजनाले जुनार जोन कार्यक्रम मार्फत रोग किरा नियन्त्रणमा सहयोग गरेपछि […]
‘सुनापति गाँउपालिका अध्यक्ष कप–२०७८’ चैत्र ५ गते देखि हुने
रामेछाप- ‘तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप– २०७८’ प्रतियोगिता चैत्र ५ गते देखि सुरु हुने भएको छ । गाउँपालिकाले शनिवार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलान गरी विगत दुई वर्ष देखि संचालनमा रहेको सुनापति गाउँपालिका अध्यक्ष कप प्रतियोगिताको आयोजना यो वर्ष चैत्र ५ गते देखि ८ गते सम्म संचालन हुने बताएको हो । पत्रकार सम्मेलनमा पालिकाको खेलकुदसँग सम्बन्धित […]
१० हजार विद्यार्थीलाई न्यानो कपडा
रामेछाप- लायन्स क्लव जिएलटी बहु जिल्ला एमडी–३२५ का कोअडिनेटर एवं लायन्स क्लवका पूर्व जिल्ला गभर्नर शम्भु प्रसाद घिमिरेले रामेछाप जिल्लाका १० हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने अभियान सुरु गरेका छन् । रामेछाप लायन्स क्लवका पूर्व अध्यक्ष समेत रहेका घिमिरेले जिल्लाभरी रहेका शिशु कक्षा देखि १२ कक्षा सम्ममा अध्ययनरत करिव ४५ हजार विद्यार्थीलाई न्यानो कपडा […]
प्रेस चौतारी नेपाल रामेछापको चौथो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा नवराज श्रेष्ठ
रामेछाप- प्रेस चौतारी नेपाल रामेछापको अध्यक्षमा नवराज श्रेष्ठ निर्वाचित भएका छन् । प्रेस चौतारी नेपाल रामेछापको शनिवार सम्पन्न चौथो जिल्ला अधिवेशनमा श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै समितिको खुल्ला उपाध्यक्षमा विष्णु खड्का र समावेशी उपाध्यक्षमा सुमित्रा लामा निर्वाचित भएका छन् । सचिवमा निजोर कुमार थापा, खुल्ला सह–सचिवमा शंकर बरुवाल, समावेशी सह–सचिवमा दीपक लामा र […]
आलु जोनको अनुगमन
रामेछाप– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापले स्थलगत अनुगमन सम्पन्न गरेको छ । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका विभिन्न वडाहरुमा संचालन भएका कार्यक्रमको अनुगमन गरेको हो । परियोजना रामेछापका प्रमुख थिरलाल गैरेको नेतृत्वमा अनुगमन गरिएको हो । रामेछापको गोकुलगंगा गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यन्वयन इकाई रामेछापले आलु जोनको कार्यक्रम संचालन गरेको छ । […]












