समाचार

७७०समाचार

पृष्ठ ३९

  1. उमाकुण्ड काँग्रेसको प्रतिवद्धताः कृषि प्राथमिकतामा, शहरबाट फर्केर व्यवसाय गर्नेलाई  २ लाख अनुदान

    उमाकुण्ड- नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिकाका उम्मेद्वारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी काँग्रेसको तर्फबाट उम्मेद्वार बनेका उम्मेद्वारहरुले निर्वाचनमा जित निकाल्न सके उमाकुण्ड गाउँपालिकामा पाँच वर्षमा गरिने कामको संक्षिप्त जानकारी सहित कृषिलाई पहिलो प्राथमिकतामा राखेर प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । उमाकुण्ड गाउँपालिकाको […]

  2. रामेछाप नगर काँग्रेसको ७० बुँदे प्रतिवद्धतापत्रः शिक्षा, स्वास्थ्य र खानेपानी प्राथमिकतामा

    रामेछाप– नेपाली काँग्रेसका तर्फबाट रामेछाप नगरपालिकाका प्रमुख पदका उमेद्वार लबश्री न्यौपानेले शिक्षाको विकास विना अन्य कुनै पनि विकास दिर्घजीवी नहुने भएकोले शिक्षाको विकाशका लागि थप प्रकृया अघि बढाईने आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । त्यसका लागि उनले गुणस्तरिय र प्राविधिक शिक्षाको विकासलाई जोडदिदै बेरोजगारी समस्या समाधानको  विषयलाई पनि उनले प्रतिबद्धता पत्रमा जोड दिएका छन् […]

  3. ‘विगतको पाँच वर्षको समिक्षा गरेर मात्रै जनप्रतिनिधि छनौट गर्नुहोस्’

    पाँच वर्ष अघि भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित उमाकुण्ड गाउँपालिकाका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल देख्दा काम गर्न हैन अनियमितता गर्न मात्रै जनप्रतिनिधि बनेका रहेछन् भन्ने छर्लङ्ग भएको छ । किनकी जनप्रतिनिधिहरु निर्वाचित भए देखि नै गाउँपालिकामा विकासे काम भन्दा पनि अनियमितता बढ्दै गएको तथ्यंकहरु प्रसस्त छन् । यस्ता तथ्यांकहरु हेर्न कही जानु पर्दैन महालेखापरीक्षकको कार्यालको […]

  4. बोलेको बाचा पुरा गर्दै गुञ्ज कार्कीले दिए सुकाजोरका अग्नि पीडितलाई ५५ हजार सहयोग

    रामेछाप- गत चैत्र २५ गते आगलागीबाट घरबास गुमाएका पीडितलाई गुञ्जबहादुर कार्कीले ५५ हजार सहयोग गरेका छन् । स्थानीय समेत रहेका कार्कीले रामेछाप नगरपालिका वडा नंं. ७ सुकाजोरका आगलागी पीडित ११ घरपरिवारलाई प्रति परिवार पाँच हजारका दरले हुने गरी आर्थिक सहयोग गरेका हुन् । आगलागी भएकै दिन घटना स्थलमा पुगेर आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेको कार्कीले […]

  5. रामेछापको दोरम्बा शैलुङ्ग र खाँडादेवीमा काँग्रेस–माओवदी तालमेल

    रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिका र दोरम्बा शैलुङ्ग गाउँपालिकामा काँग्रेस–माओवदी तालमेल भएको छ । रामेछाप प्रदेश सभा (ख) मा पर्ने दुई गाउँपालिकामा दुई पार्टी बीच अध्यक्ष र उपाध्यक्ष पदमा तालमेल गरेर जाने सहमती भएको दोरम्बा शैलुङ्ग गाउँपालिकाको अध्यक्षको उम्मेद्वार समेत रहेका नेकपा माओवदी केन्द्र रामेछापका संयोजक मैन कुमार मोक्तानले बताए । दोरम्बा शैलुङ्ग गाउँपालिकामा माओदी केन्द्रले […]

  6. मन्थली– १ मा काँग्रेस र माओवादी बीच तालमेल, काँग्रेसले पाउने भयो अध्यक्ष

    रामेछाप- मन्थली नगरपालिका वडा नं. १ मा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच तालमेल हुने भएको छ । नेकपा माओवादी केन्द्रबाट अध्यक्षको उम्मेद्वार बनेका श्याम कुमार श्रेष्ठले उम्मेद्वारी फिर्ता लिएर काँग्रेसबाट अध्यक्षको उम्मेद्वार बनेका होम प्रसाद पौडेललाई सघाउने गरी दुई पार्टी बीच तालमेल भएको हो । तालमेलको सहमती भएपछि शुक्रबार दिउँसो माओवादीबाट अध्यक्षको उम्मेद्वार […]

  7. वडाध्यक्षमा निर्वाचित भए वडा नं ८ लाई नमूना वडा बनाउँछु– काँग्रेस उम्मेद्वार पुरी

    रामेछाप- बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनामा नेपाली काँग्रेसको तर्फबाट मन्थली नगरपालिका वडा नं. ८ का अध्यक्षका उम्मेदवार रहेका ओमप्रकाश पुरीले आफू निर्वाचित भए वडालाई नमूना वडा बनाएर देखाउने बताएका छन् । वडालाई नमूना वडाको रुपमा विकास गर्ने योजना आफूसँग मात्रै रहेका बताउँदै उम्मेद्वार पुरीले आफू वडाध्यक्षमा निर्वाचत भए कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा […]

  8. मन्थली– ३ मा काँग्रेसबाट वडाध्यक्षको उम्मेद्वरमा नारायण बहादुर बोगटी

    रामेछाप- मन्थली नगरपालिका वडा नं ३ मा नेपाली काँग्रेसले नारायण बहादुर बोगटीलाई वडाध्यक्षको उम्मेद्वार बनाएको छ । नेपाली काँग्रेस रामेछापले पार्टी प्रवक्ता समेत रहेका बोगटीलाई वडाध्यक्षको उम्मेद्वार बनाएको हो । त्यस्तै खुल्ला सदस्यमा बासुदेव सुवेदी र राजेन्द्र विक्रम रोकालाई उम्मेद्वार बनाएको छ । महिला सदस्यमा रमादेवी थापा मगर र दलित महिला सदस्यमा बिमला रम्तेललाई उम्मेद्वार […]

  9. रामेछाप तरुण दलको उपाध्यक्ष फुयाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

    रामेछाप- नेपाल तरुण दल रामेछापका जिल्ला उपाध्यक्ष बासुदेव फुयालले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । वर्तमान अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफू पार्टीको तर्फबाट गोकुलगंगा गाउँपालिकाको अध्यक्ष पदमा उम्मेद्वार भएको र उक्त समयमा आफूले संगठनको लागि समय दिन नसक्ने बताउँदै फुयाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको चिठीमा उल्लेख […]

  10. समुनन्त लिखुतामाकोशी नै मेरो जीवनको अभीष्ट लक्ष्य हो: उम्मेद्वार महत

    रामेछाप- नेपाली काग्रेस पार्टिबाट लिखु तामाकोशी गाउँपालिकाको उम्मेद्वार रहेका केशव महतले आफ्नो जीवनको लक्ष्य नै लिखु तामाकोशी गाउँपालिकालाई समुनन्त बनाउने एकमात्र अभिषट लक्ष्य रहेको बताएका छन् । पालिका विविध सम्भावनाले भरिपूर्ण भएता पनि विगतको ५ बर्षमा राजनीतिक नेतृत्वबाट ठुलो क्षति व्यहोर्नु परेकोले त्यो क्षतिको खाडललाई आफूले परिपूर्ण गरी एक समुनन्त पालिका बनाउने योजना आफूसँग मात्र […]

  11. गाउँपालिका अध्यक्ष एमाले छोडेर नेकपा एसमा प्रवेश, पार्टी व्यक्तिबादी भएको आरोप

    रामेछाप- नेकपा एमाले बागमती प्रदेश सदस्य प्रेम बहादुर तामाङ एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश भएका छन् । रामेछापको खाँडादेवी गाउँपालिकाको अध्यक्ष समेत रहेका तामाङले शनिबार प्रेस वक्तब्य जारी गर्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् । एमाले परित्याग घोषणा गरेका तामाङले नेकपा एकीकृत समाजवादीमा समाहित भएको समेत उल्लेख गरेका छन् । आफू तीन […]

  12. तीन दिने बाख्रा पालन तालिमः ‘व्यवसायिक बाख्रा पालनमा सहयोग पुग्ने रहेछ’– किसान

    रामेछाप– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापले संचालन गरेको तीन दिने बाख्रा पालन तालिमले आफूहरुलाई व्यवसायिक बाख्रा पालनमा सहयोग पुगेको बाख्रा पालक किसानहरुले बताएका छन् । आधुनिक र व्यवस्थित बाख्रापालन व्यवसाय विस्तारलाई सहयोग पुर्‍याउने गरी सुरु गरिएको तालिम समापन कार्यक्रममा सहभागीहरुले तालिमको अनुभब सुनाउँदै तीन दिनको बसाइमा आफूहरुले बाख्रा पालन गर्दा एउटा किसानले […]