राजनीति
१२४समाचार
पृष्ठ ६
एमाले रामेछाप जिल्ला अधिवेशनः अध्यक्षमा श्रेष्ठ निर्विरोध, अन्य पदमा मतदान हुने
रामेछाप– नेकपा एमाले रामेछापको अध्यक्षमा आनन्द कुमार श्रेष्ठ निर्वाचित भएका छन् । अध्यक्षका दुई प्रतिस्पर्धी प्रेम बहादुर तामाङ र झम्क कंडेलले उम्मेद्वारी फिर्ता लिएपछि श्रेष्ठ सर्वसम्मत अध्यक्ष भएका हुन् । सर्वसम्मत अध्यक्ष बनेका श्रेष्ठले अध्यक्षमा उम्मेद्वारी घोषणा गर्दा पार्टीलाई थप बलियो बताउने, पार्टीलाई सुदृढीकरण गर्दै एकताबद्ध बनाउने, नेकपा एमालेलाई राजनीतिक र बैचारिक हिसाबले थप सुदृढ […]
एमाले रामेछाप अधिवेशनः ९० पदका लागि २ सयको उम्मेद्वारी दर्ता, अध्यक्षमा मात्रै तीन जना
रामेछाप- नेकपा एमाले रामेछापको अध्यक्ष पदका लागि तीन जनाले उम्मेद्वारी दर्ता गराएका छन् । शुक्रबार देखि सुरु भएको जिल्ला अधिवेशनमा सहमतिबाटै अध्यक्ष टुंग्याउने प्रयास गरिएको भएपनि सहमती नभएपछि प्रेम बहादुर तामाङ, आनन्द कुमार श्रेष्ठ र झम्क कंडेलले शनिबार साँझ अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका हुन् । अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराउने तामाङ बर्तमान जिल्ला कमिटीका […]
एमाले अधिवेशनः रामेछापमा अधिवेशन हुन ३ दिन बाँकी, अध्यक्ष पदका एक्ला उम्मेद्वार श्रेष्ठ
रामेछाप- नेकपा एमाले रामेछापको जिल्ला अधिवेशन हुन तीन दिन बाँकी हुँदा अध्यक्ष पदमा एक जनाले मात्रै उम्मेद्वारी घोषणा गरेका छन् । पार्टी सचिव समेत रहेका आनन्द कुमार श्रेष्ठले आफू ८ औँ जिल्ला अधिवेशनमा अध्यक्षको उम्मेद्वार बन्ने घोषणा गरेका छन् । अधिवेशनको लागि प्रतिनिधि छनौट लगायतका धेरै काम सम्पन्न भएर अधिवेशन हुन तीन दिन मात्रै बाँकी […]
माओवादी केन्द्रको केन्द्रीय सदस्यमा रामेछापबाट तीन जना निर्वाचित
रामेछाप- नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा रामेछापबाट तीन जना निर्वाचित भएका छन् । नेकपा माओवादीको काठमाण्डौमा जारी ८ औँ महाधिवेशनबाट रामेछापका श्याम कुमार श्रेष्ठ, युवराज चौलागाईँ र लक्ष्मी गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । श्रेष्ठ र चौलागाइँ खुल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको नेकपा माओवादी केन्द्र रामेछापका अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिए । मोक्तानका अनुसार गुरुङ […]
काँग्रेसको गाउँ केन्द्रित अभियान जारी, सुकाजोरमा ११ वटा टोल समिति गठन
रामेछाप- नेपाली काँग्रेस रामेछाप नगरपालिका ७ नं वडा समितिले सबै टोलमा नेपाली काँग्रेसको टोल समिति गठन गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य गुञ्ज बहादुर कार्की, नगर सभापति कमल विक्रम कार्की, वडा सभापति दल विक्रम कार्की वडा नं ७ सुकाजोरका वडाध्यक्ष समिर कार्की, कार्यपालिका सदस्य एवं वडा नं ७ की वडासदस्य ज्ञानुदेवी बस्नेत कार्की […]
एमाले जिल्ला अधिवेशनः रामेछापमा दश समिति गठन, १९ जनसंगठनबाट १०१ प्रतिनिधि छनौट हुने
रामेछाप- नेकपा एमाले रामेछापले आठौँ जिल्ला अधिवेशनको मिति नजिकिएसँगै तयारीलाई तिब्र पारेको छ । जिल्लाका सबै वडा र पालिकाको अधिवेशन सम्पन्न गरीसकेको एमालेले पौष २३ गते देखि हुने जिल्ला अधिवेशन सम्पन्न गराउन विभिन्न समिति गठन गर्ने देखि अधिवेशनमा भाग लिने प्रतिनिधि छनौट सम्मको मापदण्ड सार्वजनिक गरेको छ । सोमबार सदरमुकाम मन्थली स्थित पार्टी कार्यालयमा पत्रकार […]
रामेछाप काँग्रेसको गाउँ केन्द्रित कार्यक्रम प्रभावः उमाकुण्डमा साँढे दुई सय काँग्रेसमा प्रवेश
रामेछाप- नेपाली काँग्रेसको १४ औँ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ जिल्ला कार्यसमितिले आफ्ना कार्यक्रमलाई गाउँ केन्द्रित गरेपछि काँग्रेसलाई फाइदा हुन थालेको छ । जिल्ला अधिवेशन पश्चात पहिलो जिल्ला कार्यसमितिको बैठकले कार्यसमितिको मासिक बैठक प्रत्येक गाउँपालिकामा गर्ने निर्णय गरेको थियो । जिल्ला कार्यसमितिको दोस्रो बैठक उमाकुण्ड गाउँपालिकामा आयोजना गरेको काँग्रेसले त्यही मौका छोपेर काँग्रेस जिल्ला कार्यसमितिका सभापति […]
काँग्रेस केन्द्रीय सदस्यमा रामेछापका तीन जनाको उम्मेद्वारी दर्ता (यस्तो छ राजनीतिक यात्रा)
रामेछाप- नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा रामेछापका तीन जनाले उम्मेद्वारी दर्ता गराएका छन् । काँग्रेसको केन्द्रीय सदस्यमा रामेछापका आङ टावा शेर्पा, रत्न बहादुर कार्की र बिनिता खड्काले शनिवार प्रज्ञा भवनमा पुगेर उम्मेद्वारी दर्ता गराएका हुन् । शेर्पाले जनजाति तर्फाबाट उम्मेद्वारी दर्ता गराएको बताएका छन् भने कार्कीले खुल्लाबाट उम्मेद्वारी दर्ता गराएको बताए । त्यस्तै खड्काले महिला खस–आर्य […]
रामेछापका आङटावा शेर्पाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने, यस्तो छ राजनीतिक यात्रा
रामेछाप- संविधानसभा सदस्य एवं नेपाली काँग्रेस नेता आङटावा शेर्पाले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । काँग्रेसको १२ औँ र १३ औँ महाधिवेशन देखि केन्द्रीय सदस्य बन्ने इच्छा भएकाले यस पटक जित्ने गरी केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरिएको शेर्पाले बताए । पार्टी भित्रको आन्तरिक सहमतीको नाउँमा यस अघि […]
काँग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने बिनिता खड्काको घोषणा, कान्छी सदस्य बन्ने दाउमा
रामेछाप- रामेछापकी बिनिति खड्काले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन् । नेपाली काँग्रेको १४ औँ माधिवेशनमा आफू खस–आर्य महिला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेकी हुन् । बिहिवार उम्मेद्वारी घोषणा गर्दै हजुरबा उमेरकाले काँग्रेस हाँकीरहेको र अब नातिनी उमेरकाले काँग्रेस हाक्ने जिम्मेवारी लिने अवस्था आएकाले आफूले उम्मेद्वारी दिन लागेको बताइन् । […]
काँग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने कार्कीको घोषणा, यस्तो छ ३२ वर्षे राजनीतिक यात्रा
रामेछाप- काँग्रेस युवा नेता रत्न बहादुर कार्कीले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । कार्कीले सामाजिक संजाल मार्फत नेपाली काँग्रेसलाई वैचारिक, सैद्धान्तिक रुपमा सुदृढीकरण गर्दै आम नेपालीको आस्था, विश्वास तथा भरोसाको विशाल पार्टी निर्माण गर्ने प्रमुख लक्ष्यका साथ आफूले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । विगत तीन […]
भागबण्डाको लागि हैन, परिणाममुखी कामको लागि मन्त्रालय फुटाएका हौँ– मुख्यमन्त्री पाण्डे
रामेछाप- बागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले राजनीतिक भागबण्डाको लागि नभइ परिणाममुखी कामका लागि मन्त्रालय फुटाएको बताएका छन् । बुधबार साँझ रामेछापको सदरमुकाम मन्थलीमा पार्टी कार्यकर्ता तथा पत्रकारहरुसँग कुरा गर्दै मुख्य मन्त्री पाण्डेले काम गर्ने क्षेत्र धेरै तर मन्त्रालय एउटै हुँदा काम प्राथमिकतामा नपर्ने र कामको परिणाम नदेखिएकाले परिणाममुखी कामका लागि मन्त्रालय फुटाएको बताएका हुन् […]












