राजनीति

१२४समाचार

पृष्ठ ५

  1. रामेछापका पाँच दलिय गठबन्धनको पहिलो बैठकः स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय

    रामेछाप- रामेछापमा पाँच दलिय गठबन्धनको पहिलो बैठकले केन्द्रले जारी गरेको अपिललाई आत्मासात गर्दै रामेछापमा पनि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । मंगलबार बसेको पाँच दलको पहिलो बैठकले जिल्लाका सबै स्थानीय तहमा तालमेल गरेर जाने निर्णय भएको पाँच दलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नेपाली काँग्रेसका सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम), नेकपा माओवादी केन्द्रका […]

  2. खिम्तीमा विभिन्न पार्टी परित्याग गरी दुई दर्जन बढी स्थानीय नेपाली काँग्रेसमा प्रवेश

    रामेछाप- लिखुतामाकोशी गाउँपालिकाको वडा नं ६ खिम्तीमा विभिन्न पार्टी परित्याग गरी दुई दजर्न भन्दा बढी स्थानीयहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस खिम्ती–काठमाण्डौ सम्पर्क समितिले काठमाण्डौमा आयोजना गरेको अगुवा कार्यकर्ता घेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा आवद्ध दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् […]

  3. ‘चुनाव आएपछि मात्रै कम्युनिस्टहरु पाइप बोकेर गाउँ छिर्न थाले’– सभापति कान्छाराम

    रामेछाप- नेपाली काँग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) ले चुनाव जितेको पाँच वर्ष पूरा भएर अर्को चुनाव घोषणा भएपछि मात्रै कम्युनिस्टहरु पाइपका टुक्रा बोकेर भोट माग्न गाउँ छिर्न थालेको आरोप लगाएका छन् । उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रतिमिा ‘घर–घर जाउँ, काँग्रेस जिताऔँ’ अभियानको पालिका स्तरीय कार्यक्रममा बोल्दै सभापति तामाङले कम्युनिस्ट पार्टीबाट चुनाव जितेर पाँच वर्ष […]

  4. ‘एमालेले सत्ता चलाउन पनि जानेन, प्रतिपक्षमा बस्न पनि सकेन’– उपसभापति लेख बहादुर कार्की

    रामेछाप- नेपाली काँग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्कीले सत्ता चलाउन नजानेर सरकारबाट बाहिरिएको नेकपा एमाले प्रतिपक्षमा पनि बस्न नसकेको आरोप लगाएका छन् । मंगलवार रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उपसभापति कार्कीले सत्ता चलाउन नजानेर जनताले दिएको समय सम्म पनि सरकारमा बस्न नसकेको एमाले पार्टी अहिले प्रतिपक्षमा पनि बस्न नसकेको […]

  5. नेपाली काँग्रेस रामेछापको चुनाव केन्द्रित कार्यक्रमः ‘घर घर जाउँ, काँग्रेस जिताऔं’

    रामेछाप- नेपाली काँग्रेस रामेछापले ‘घर घर जाउँ, काँग्रेस जिताऔं’ अभियानलाई प्रभाकारी बनाउँदै पार्टीको तल्लो तहको संगठनलाई बढी सक्रिय बनाउने भएको छ । सोमबार पत्रकार सम्मेलन गरेर नेपाली काँग्रेस रामेछापले स्थानीय तहको चुनावलाई लक्षित गरेर पार्टीको तल्लो तहको संगठन टोल समिति मार्फत ‘घर घर जाउँ, काँग्रेस जिताऔं’ अभियानलाई प्रभाकारी बनाउने गरी ९ गतेबाट कार्यक्रमहरु सुरु गरिने […]

  6. काँग्रेसले वीपी, जीपी र गणेशमानको त्यागको जगमा टेकेर निर्वाचनमा जानुपर्छ– सचिव खड्का

    रामेछाप- नेपाली काँग्रेस रामेछापका सचिव दीपक खड्काले वीपी कोइराला र गिरिजा प्रसाद कोइरालाको जस्तो बिचार तथा गणेशमान सिंहको जस्तो त्यागको जगमा टेकेर काँग्रेस निर्वाचनमा जानु पर्ने बताएका छन् । गिरिजा प्रसाद कोइराल फाउण्डेशन रामेछापका अध्यक्ष समेत रहेका सचिव खड्काले गिरिजा प्रसाद कोइरालाको १२ औँ स्मृति दिवसमा सोमवार आफ्नो भनाई राख्दै नेपाली काँग्रसलाई जिताउनको लागि काँग्रेसका […]

  7. नेपाली काँग्रेस उमाकुण्ड–काठमाण्डौं सम्पर्क समिति गठन, सभापतिमा डम्बर बहादुर बस्नेत

    रामेछाप– नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिका–काठमाण्डौं सम्पर्क समिति गठन भएको छ । उमाकुण्ड गाउँपालिका घर भई हाल काठमाण्डौं बस्दै आएका काँग्रेसका नेता तथा कार्यकर्ताको शनिवार काण्ठमाण्डौमा आयोजित भेलाले डम्बर बहादुर बस्नेतको सभापतित्वमा ३५ दस्यीय नेपाली काँग्रेस उमाकुण्ड–काठमाण्डौ सम्पर्क समिति गठन गरेको हो । समितिको उपसभापतिमा आङनुरी लामा शेर्पा र कृष्ण कुमार कार्की चयन भएका छन् । […]

  8. ‘डिभिजन बन कार्यालयलाई निरन्तरता मात्रै दिन खोज्यौँ’– मन्त्री खड्का

    रामेछाप– वागमती प्रदेशका बन तथा वातावरण मन्त्री विशाल खड्काले प्रदेश अन्तरगत रहेका डिभिजन बन कार्यालयहरुले विगत देखिका कामहरुलाई मात्रै निरन्तरता दिँदै आएकाले अब निरन्तरतालाई थप व्यवस्थापन गर्दै प्राकृतिक स्रोतको उचित रुपमा प्रयोग गरेर बनका स्रोतलाई नेपालको समृद्धीसँग जोड्नु पर्ने बताएका छन् । आइतवार आकस्मिक डिभिजन बन कार्यालय रामेछापमा आइपुगेका मन्त्री खड्काले संघीयताले जे कल्पना गरेको […]

  9. नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘क’ को कोषाध्यक्ष र प्रवक्ता चयन, खिम्तीमा कार्यालय स्थापना

    रामेछाप– नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क) ले कोषाध्यक्ष र प्रवक्ता चयन गरेको छ । शनिबार खिम्तीमा बसेको नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क) क्षेत्रको दोस्रो बैठकले कोषाध्यक्षमा चेत बहादुर खड्का र प्रवक्तामा कृष्णदाश सुनुवारलाई चयन गरेको हो । सभापति निरोज खड्काले कोषाध्यक्षमा खड्का र प्रवक्तामा सुनुवारको नाम बैठकमा प्रस्ताव गरेपछि दुबै जना सर्वसम्मत चयन […]

  10. रामेछाप काँग्रेसको कोषाध्यक्षमा लवबहादुर थापामगर चयन, विभिन्न समिति तथा शाखाहरु गठन

    रामेछाप– नेपाली काँग्रेस रामेछापको कोषाध्यक्षमा लब बहादुर थापामगर चयन भएका छन् । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको सोमबार बसेको चौथो बैठकले थापामगरलाई कोषाध्यक्षमा चयन गरेको हो । काँग्रेस सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम) ले समितिको बैठकमा निर्वाचित जिल्ला कार्य समिति सदस्य मध्येबाट लब बहादुर थापामगरको नाम कोषाध्यक्षमा प्रस्ताव गरेपछि जिल्ला कार्यसमितिले त्यही नामलाई अनुमोदन […]

  11. माओवादीका सचिव नै काँग्रेसमा प्रवेश

    रामेछाप- नेकपा माओवादी केन्द्रका वडा सचिव नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मन्थली नगरपालिका वडा नं १३ फुलासीका नेकपा माओवादी केन्द्रका वडा सचिव डम्बर खपाङ्गी मगर नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं १३ फुलासीले मंगलवार आयोजना गरेको वडा पार्टी कार्यालय उद्घाटन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडा सचिव डम्बर […]

  12. यस्तो बन्यो नेकपा एमाले रामेछापको जिल्ला कमिटी (नामावली सहित)

    रामेछाप‍- नेकपा एमाले रामेछापको ८ औँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सदरमुकाम मन्थलीमा शुक्रवार देखि सुरु भई सोमवार सम्पन्न आठौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व सहितको जिल्ला कमिटी चयन गरेको हो । एमाले रामेछापले सहमतिमा नै नेतृत्व छनौट गर्ने प्रयास गरेको भएपनि अध्यक्ष र केही सदस्य बाहेक अन्य पदाधिकारी र भूगोल तथा समावेसी […]