राजनीति

१२४समाचार

पृष्ठ ४

  1. लिखुतामाकोशी– ६ काँग्रेसको प्रतिवद्धताः कृषिबाट समृद्धि, जेष्ठ नागरिकको घरमै स्वास्थ्य परिक्षण

    लिखुतामाकोशी- रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ६ खिम्तीमा काँग्रेसबाट वडाध्यक्षको उम्मेद्वार बनेका भुवन कुमार कार्कीले आफू वडामा निर्वाचित भएपछि गरिने मुख्य–मुख्य काम सार्वजनिक गरेका छन् । वडाध्यक्ष पदका उम्मेद्वार कार्कीले आफू वडामा निर्वाचित भएमा धेरै सपना देखाउने भन्दा पनि काम गर्ने योजना आफूसँग रहेको बताए । उनले वडाध्यक्षमा निर्वाचिन भएपश्चात गाउँपालिकाको केन्द्र सम्म पक्की सडकको […]

  2. वडाध्यक्ष पदका कान्छा उम्मेद्वारः जसले २५ वर्ष मै जनताको सेवा गर्ने इच्छा राखेका छन्

    रामेछाप- नेपालका राजनीनितक दलहरुलाई युवा पुस्तालाई राज्य संचालन गर्ने जिम्मेवारी दिदैनन् र राजनीतिक नेतृत्वमा पनि पुर्‍याउँदैनन भन्ने आरोप पटक–पटक लाग्ने गर्दछ । यस्तो आरोप अहिले मात्रै हैन दशकौँ वर्ष देखि लाग्दै आएको छ । एकै पदमा एउटै व्यक्ति पटक–पटक दोहोरिने प्रवृत्तिले पनि युवा पुस्ताको हातमा नेतृत्व आउन नसकेको गुनासो गर्ने युवा मात्रै छैनन् ६० वर्ष […]

  3. मन्थली– ६ काँग्रेसको प्रतिवद्धताः खानेपानी समस्या समधान देखि हिसां अन्त्य गर्ने सम्मका योजना

    मन्थली- मन्थली नगरपालिका वडा नं. ६ भलुवाजोर काँग्रेसका उम्मेद्वाहरुले बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा निर्वाचित भए पाँच वर्षमा गर्ने काम सार्वजनिक गरेका छन् । समग्र वडाको विकासको लागि नेपाली काँग्रेसबाट उम्मेद्वार बनेका उम्मेद्वारहरुले आफूहरुले जितेमा पाँच वर्षमा खाने पानीको समस्या समधान गर्ने देखि गाउँमा रहेको विभिन्न हिसां अन्त्य सम्मका योजना अगाडि सारेका छन् […]

  4. उमाकुण्ड काँग्रेसको प्रतिवद्धताः कृषि प्राथमिकतामा, शहरबाट फर्केर व्यवसाय गर्नेलाई  २ लाख अनुदान

    उमाकुण्ड- नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिकाका उम्मेद्वारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी काँग्रेसको तर्फबाट उम्मेद्वार बनेका उम्मेद्वारहरुले निर्वाचनमा जित निकाल्न सके उमाकुण्ड गाउँपालिकामा पाँच वर्षमा गरिने कामको संक्षिप्त जानकारी सहित कृषिलाई पहिलो प्राथमिकतामा राखेर प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । उमाकुण्ड गाउँपालिकाको […]

  5. रामेछाप नगर काँग्रेसको ७० बुँदे प्रतिवद्धतापत्रः शिक्षा, स्वास्थ्य र खानेपानी प्राथमिकतामा

    रामेछाप– नेपाली काँग्रेसका तर्फबाट रामेछाप नगरपालिकाका प्रमुख पदका उमेद्वार लबश्री न्यौपानेले शिक्षाको विकास विना अन्य कुनै पनि विकास दिर्घजीवी नहुने भएकोले शिक्षाको विकाशका लागि थप प्रकृया अघि बढाईने आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । त्यसका लागि उनले गुणस्तरिय र प्राविधिक शिक्षाको विकासलाई जोडदिदै बेरोजगारी समस्या समाधानको  विषयलाई पनि उनले प्रतिबद्धता पत्रमा जोड दिएका छन् […]

  6. ‘विगतको पाँच वर्षको समिक्षा गरेर मात्रै जनप्रतिनिधि छनौट गर्नुहोस्’

    पाँच वर्ष अघि भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित उमाकुण्ड गाउँपालिकाका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल देख्दा काम गर्न हैन अनियमितता गर्न मात्रै जनप्रतिनिधि बनेका रहेछन् भन्ने छर्लङ्ग भएको छ । किनकी जनप्रतिनिधिहरु निर्वाचित भए देखि नै गाउँपालिकामा विकासे काम भन्दा पनि अनियमितता बढ्दै गएको तथ्यंकहरु प्रसस्त छन् । यस्ता तथ्यांकहरु हेर्न कही जानु पर्दैन महालेखापरीक्षकको कार्यालको […]

  7. रामेछापको दोरम्बा शैलुङ्ग र खाँडादेवीमा काँग्रेस–माओवदी तालमेल

    रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिका र दोरम्बा शैलुङ्ग गाउँपालिकामा काँग्रेस–माओवदी तालमेल भएको छ । रामेछाप प्रदेश सभा (ख) मा पर्ने दुई गाउँपालिकामा दुई पार्टी बीच अध्यक्ष र उपाध्यक्ष पदमा तालमेल गरेर जाने सहमती भएको दोरम्बा शैलुङ्ग गाउँपालिकाको अध्यक्षको उम्मेद्वार समेत रहेका नेकपा माओवदी केन्द्र रामेछापका संयोजक मैन कुमार मोक्तानले बताए । दोरम्बा शैलुङ्ग गाउँपालिकामा माओदी केन्द्रले […]

  8. मन्थली– १ मा काँग्रेस र माओवादी बीच तालमेल, काँग्रेसले पाउने भयो अध्यक्ष

    रामेछाप- मन्थली नगरपालिका वडा नं. १ मा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच तालमेल हुने भएको छ । नेकपा माओवादी केन्द्रबाट अध्यक्षको उम्मेद्वार बनेका श्याम कुमार श्रेष्ठले उम्मेद्वारी फिर्ता लिएर काँग्रेसबाट अध्यक्षको उम्मेद्वार बनेका होम प्रसाद पौडेललाई सघाउने गरी दुई पार्टी बीच तालमेल भएको हो । तालमेलको सहमती भएपछि शुक्रबार दिउँसो माओवादीबाट अध्यक्षको उम्मेद्वार […]

  9. वडाध्यक्षमा निर्वाचित भए वडा नं ८ लाई नमूना वडा बनाउँछु– काँग्रेस उम्मेद्वार पुरी

    रामेछाप- बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनामा नेपाली काँग्रेसको तर्फबाट मन्थली नगरपालिका वडा नं. ८ का अध्यक्षका उम्मेदवार रहेका ओमप्रकाश पुरीले आफू निर्वाचित भए वडालाई नमूना वडा बनाएर देखाउने बताएका छन् । वडालाई नमूना वडाको रुपमा विकास गर्ने योजना आफूसँग मात्रै रहेका बताउँदै उम्मेद्वार पुरीले आफू वडाध्यक्षमा निर्वाचत भए कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा […]

  10. रामेछाप तरुण दलको उपाध्यक्ष फुयाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

    रामेछाप- नेपाल तरुण दल रामेछापका जिल्ला उपाध्यक्ष बासुदेव फुयालले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । वर्तमान अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफू पार्टीको तर्फबाट गोकुलगंगा गाउँपालिकाको अध्यक्ष पदमा उम्मेद्वार भएको र उक्त समयमा आफूले संगठनको लागि समय दिन नसक्ने बताउँदै फुयाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको चिठीमा उल्लेख […]

  11. समुनन्त लिखुतामाकोशी नै मेरो जीवनको अभीष्ट लक्ष्य हो: उम्मेद्वार महत

    रामेछाप- नेपाली काग्रेस पार्टिबाट लिखु तामाकोशी गाउँपालिकाको उम्मेद्वार रहेका केशव महतले आफ्नो जीवनको लक्ष्य नै लिखु तामाकोशी गाउँपालिकालाई समुनन्त बनाउने एकमात्र अभिषट लक्ष्य रहेको बताएका छन् । पालिका विविध सम्भावनाले भरिपूर्ण भएता पनि विगतको ५ बर्षमा राजनीतिक नेतृत्वबाट ठुलो क्षति व्यहोर्नु परेकोले त्यो क्षतिको खाडललाई आफूले परिपूर्ण गरी एक समुनन्त पालिका बनाउने योजना आफूसँग मात्र […]

  12. यस्तो बन्यो रामेछाप काँग्रेसको जिल्ला कार्य सम्पादन समिति (नामावली सहित)

    रामेछाप- नेपाली काँग्रेस रामेछापले जिल्ला कार्य सम्पादन समिति बनाएको छ । सोमबार बसेको जिल्ला कार्य समितिको बैठकले ३३ सदस्यीय जिल्ला कार्य सम्पादन समिति बनाएको हो । बैठकले पार्टीका पदाधिकरी र सदस्य सहित ३३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायण बहादुर बोगटीले जानकारी दिए । समितिमा पदाधिकारीबाट उपसभापति द्वोय लेख बहादुर कार्की र […]