राजनीति
१२४समाचार
पृष्ठ २
रामेछापमा चैत्र ३ गते ‘तरुण जिल्ला सम्मेलन’
रामेछाप– नेपाल तरुण दल रामेछापले जिल्ला सम्मेलन गर्ने भएको छ । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न नेपाल तरुण दल जिल्ला कार्य समिति रामेछापको बैठकले चैत्र ३ गते ‘तरुण जिल्ला सम्मेलन’ गर्ने निर्णय गरेको हो । नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) को अध्यक्षतामा बसेको बैठकले नेपाली काँग्रेसको एउटा खम्बाको रूपमा रहेको तरुण […]
रामेछापको विकासलाई प्राथमिकतामा राख्छु– प्रधानमन्त्री दाहाल
रामेछाप- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रामेछापको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । बिहीबार रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनमा आफ्नो भनाई राख्ने क्रममा प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएको बेला सडक पूर्वाधारको लागि आवश्यक पर्ने आर्थिक सुनिश्चितता, ठुला जलविद्युत आयोजनाको काम सुरु, सिँचाई र खानेपानीको प्रबन्ध, पर्यटकीय क्षेत्रको विकास, कृषि क्षेत्रलाई परियोजनाकै रूपमा विकास […]
एमालेको समृद्धिका लागि संकल्प यात्रा सोमबार साँझ रामेछाप आइपुग्ने
रामेछाप- नेकपा एमालेले मङ्सिर १४ गतेबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुरु गरेको समृद्धिको लागि संकल्प यात्रा सोमबार रामेछाप आइपुग्ने भएको छ । बैतडीको झुलाघाटबाट सुरु भई पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुने समृद्धिको लागि संकल्प यात्रा सोमबार रामेछाप आइपुग्ने भएको हो । नेपाल कम्युनिस्ट पार्टीका महासचिव पुष्पलालको जन्मथलो समेत रहेको रामेछापमा वर्तमान पार्टी अध्यक्ष केपी […]
रामेछाप काँग्रेस महासमिति सदस्य निर्वाचन: ११ सदस्य लागि २१ जनाको उम्मेदवारी दर्ता
रामेछाप– नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागि २१ जना महाधिवेशन प्रतिनिधिहरूले उम्मेदवारी दर्ता गराएका छन् । रामेछापबाट ११ जना महासमिति सदस्य निर्वाचित हुनु पर्ने भए पनि उम्मेदवारी दर्ता गराउने दिन शनिवार साँझ अन्तिम सम्ममा २१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । ११ जना निर्वाचित हुने महासमिति सदस्य मध्ये खुल्ला ५ सदस्य १० जनाको उम्मेदवारी परेको […]
एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुङ्गेल, सदस्यमा रामेछापबाट १४ जना निर्वाचित
रामेछाप- नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा रामेछापका कैलाश प्रसाद ढुङ्गेल निर्वाचित भएका छन् । शुक्रवार राती सम्पन्न अन्तिम मत परिणाम अनुसार ढुङ्गेलले अर्का उम्मेदवार कृष्ण दाहाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । ढुङ्गेलले ६ सय ९६ मत प्राप्त गरी विजयी हुँदा दाहालले ४ सय ३९ मत पाएका थिए । प्रदेश कमिटीको उपाध्यक्षमा दावा दोर्जे […]
एमाले अधिवेशन: प्रतिनिधि चयनमा मनोमानी भएपछि खेलकुद महासंघका अध्यक्षले दिए राजीनामा
रामेछाप– नेकपा एमालेको प्रदेश अधिवेशनको लागि प्रतिनिधि छनौटमा मनोमानी भएको भन्दै नेपाल खेलकुद महासंघ रामेछापका जिल्ला अध्यक्षले पदबाट राजीनामा दिएका छन् । असोज ८ र ९ गते हुने बागमती प्रदेश अधिवेशनको लागि पालिकाबाट प्रतिनिधि छनौटमा निर्वाचन प्रक्रिया समेत नगराई सीमित व्यक्तिको मनोमानीबाट प्रतिनिधि छनौट भएको भन्दै जिल्ला अध्यक्ष तेजराज घिसिङले पदबाट राजीनामा दिएका हुन् । […]
नेविसंघ रामेछापको ध्यानाकर्षण पत्रः विद्यार्थीहरुलाई कसैको निहित स्वार्थमा नलाग्न आग्रह
रामेछाप– नेपाल विद्यार्थी संघ रामेछापले एक विज्ञप्ति जारी गर्दै केही दिन अघि देखि नेविसंघ रामेछापको नाम जोडेर सामाजिक संजाल मार्फत अवैधानिक गतिविधि गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको छ । नेविसंघ रामेछापका अध्यक्ष विनोद बुढाथोकी र सचिव प्रज्वल बुढाथोकीले संयुक्त रुपमा शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेविसंघ रामेछापका निर्वमान अध्यक्ष समेत रहेका सुशिल अधिकारीले नेविसंघको […]
नेविसंघ रामेछापको कार्य समिति विस्तार
रामेछाप- नेपाल विद्यार्थी संघ रामेछापका अध्यक्ष विनोद बुढाथोकीले जिल्ला कार्य समिति विस्तार गरेका छन् । अध्यक्ष बुढाथोकीले शुक्रबार नेविसंघ रामेछापको ११ जना पदाधिकारी सहित २८ सदस्यीय जिल्ला कार्य समिति विस्तार गरेका हुन् । विस्तारित जिल्ला कार्य समितिको उपाध्यक्षमा विमल पौडेल, युवराज सुवेदी र नवीन कार्की चयन भएका छन् । त्यस्तै सचिवमा प्रज्वल बुढाथोकी र सरोज […]
रामेछापमा काँग्रेसलाई सुरुवाती अग्रता
रामेछाप– रामेछाप प्रतिनिधि सभाको मतगणनामा नेपाली काँग्रेसलाई सुरुवाती अग्रता मिलेको छ । मन्थली स्थित मालपोत कार्यालयमा भएको मतगणनामा नेपाली काँग्रेसका उम्मेद्वार पुर्ण बहादुर तामाङ (कान्छाराम) ले २ सय ३१ मत ल्याउँदै अग्रता कायम गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेद्वार कैलाश प्रसाद ढुंगेलले १ सय ७० मत ल्याएका छन् । ४ सय ७८ मतगणना हुँदा […]
रामेछापमा मत गणना सुरु, प्रत्यक्ष र समानुपातिकको मत एकै पटक गणना हुने
रामेछाप– रामेछापमा मत गणना सुरु भएको छ । सोमबार विहानै मतपेटिका संकलन भएको भएपनि ढिला गरी मत गणना सुरु भएको हो । रामेछाप प्रदेश सभा (क) को उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देलबाट मत गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । प्रतिनिधि सभा तर्फको प्रत्यक्ष र समानुपातिक सँगै प्रदेश सभाको प्रत्यक्ष र […]
कैलाश ढुंगेल कालो बाटो देख्ने बित्तिक्कै मैले बनाएको भन्छन- उपसभापति कार्की
रामेछाप- नेपाली काँग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्कीले अहिले एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका कैलाश ढुंगेलले पिच भएको कालो सडक देख्ने बित्तिक्कै सबै मैले बनाएको हो भन्दै जनतालाई ढाँट्दै हिडेको आरोप लगाएका छन् । शुक्रबार लोकतान्त्रिक बाम गठबन्धनले गेलुमा आयोजना गरेको चुनाबी सभामा आफ्नो भनाई राख्ने क्रममा उपसभापति कार्कीले अहिले भोट माग्न हिडेका कैलाश […]
एमाले चनखु वडा कमिटीका अध्यक्ष काँग्रेसमा प्रवेश
रामेछाप- नेकपा एमाले मन्थली नगरपालिका वडा नं १० चनखुका वडा कमिटी अध्यक्ष भालु मगर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा सदस्यको उम्मेद्वार समेत रहेका मगर बिहिबार लोकतान्त्रिक बाम गठबन्धनले चनखुमा आयोजना गरेको सभामा प्रवेश गरेका हुन् । उनलाई नेपाली काँग्रेसका सभापति एवं प्रतिनिधि सभाका उम्मेद्वार पुर्ण […]












