एमाले चनखु वडा कमिटीका अध्यक्ष काँग्रेसमा प्रवेश

रामेछाप- नेकपा‌ एमाले मन्थली नगरपालिका वडा नं १० चनखुका वडा कमिटी अध्यक्ष भालु मगर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा सदस्यको उम्मेद्वार समेत रहेका मगर बिहिबार लोकतान्त्रिक बाम गठबन्धनले चनखुमा आयोजना गरेको सभामा प्रवेश गरेका हुन् ।‌‌ उनलाई नेपाली काँग्रेसका सभापति एवं प्रतिनिधि सभाका उम्मेद्वार पुर्ण […]

एमाले चनखु वडा कमिटीका अध्यक्ष काँग्रेसमा प्रवेश

रामेछाप- नेकपा‌ एमाले मन्थली नगरपालिका वडा नं १० चनखुका वडा कमिटी अध्यक्ष भालु मगर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा सदस्यको उम्मेद्वार समेत रहेका मगर बिहिबार लोकतान्त्रिक बाम गठबन्धनले चनखुमा आयोजना गरेको सभामा प्रवेश गरेका हुन् ।‌‌

उनलाई नेपाली काँग्रेसका सभापति एवं प्रतिनिधि सभाका उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छारामले स्वागत गरेका छन् । उनि सहित दर्जनौ एमालेका नेता तथा कार्यकर्ताहरु पनि काँग्रेसमा प्रवेश गरेका छन् ।

काँग्रेसमा प्रवेश गरेका भालु थापाले एमाले झुटको खेती गरेर जनतालाई ढाँट्ने पार्टी भएकाले त्यस्तो पार्टीमा बस्न उपयुक्त नलागेकाले लोकतान्त्रिक पार्टी काँग्रेसमा आएको बताए ।

राजनीति का थप समाचार
एमाले चनखु वडा कमिटीका अध्यक्ष काँग्रेसमा प्रवेश | नेपाल किरण