समाचार

लिट्टिल स्टार स्कुलको १७ औँ एसइई ब्याचको बिदाइ 

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा रहेको लिट्टिल स्टार अंग्रेजी स्कुलबाट २०८० सालमा एसइई परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई सफलताका कामना सहित विद्यालयले बिदाइ गरेको छ । शुक्रवार विद्यालयमा बिदाइ तथा परीक्षा सफलताको शुभकामना सहित विद्यालयले विद्यार्थीहरूलाई बिदाइ गरेको हो ।  २०५२ सालमा स्थापना भएको लिट्टिल स्टार अंग्रेजी स्कुलले २०६३ सालबाट तत्कालीन एस.एल.सी परीक्षामा सामेल हुन थालेकाे हाे […]

  1. विचार

    विकासका लागि जनशक्ति व्यवस्थापनको नयाँ नीतिको आवश्यकता

    देशमा अहिले युवाहरू विदेशिए, गाउँ खालि भयो, विदेश पलायन भए , देशमा जनशक्ति छैन, गाउँमा बुढाबुढी मात्र छन् ! सामाजिक सञ्जालमा, भाषणमा गफमा यस्तै चर्चा भएको सुनिन्छ । स्वभाविक रूपमा मानिस परिवर्तनशिल, सृजनशील प्राणी हो । उ एक ठाउँमा बस्न सीमित क्षेत्र, सीमित कमाइमा रम्न चाहँदैन । त्यसैले खान लाउन मुस्किल परेपछि २०३५÷४० सालबाटै शहर […]

  2. राजनीति

    राजनीति कहिल्यै पनि आफ्नो कन्ट्रोलमा हुँदैन- कोइराला

    रामेछाप– नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले राजनीतिक आफ्नो कन्ट्रोलमा नहुने बताएका छन् । आइतबार सहिद गंगाल फाउण्डेशनद्वारा रामेछापमा आयोजित मुटु रोग स्वास्थ्य शिविरमा आफ्नो भनाई राख्दै काँग्रेस केन्द्रीय सदस्य डा. कोइरालाले राजनीति कहिल्यै पनि आफ्नो हातको कन्ट्रोलमा नहुने बताएका हुन् । राजनीति गर्ने मानिसले सोचेको एउटा भए पनि अर्को भइदिने गरेको उनको भनाई […]

  3. समाचार

    एउटै किसानले धेरै ठाउँमा अनुदान मात्रै लिन खोज्नु गलत हो– नगर प्रमुख श्रेष्ठ

    रामेछाप– मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले एउटै किसानले धेरै निकायबाट अनुदान मात्रै लिन खोज्नु गलत भएको बताएका छन् । जिल्ला कृषि सहकारी संघ रामेछापले शनिवार योजना गरेको कृषि यान्त्रिकरण तथा कृषि उपज संकलन विक्री सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले केही किसानहरूले एउटै कामलाई देखाएर धेरै निकायबाट अनुदान लिन खोजेको बताउँदै त्यस्तो काम […]

  4. राजनीति

    ‘प्रचण्डले झुट बोलेर गठबन्धन टुटाए’- काँग्रेस नेता राणा

    रामेछाप- नेपाली काँग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले नेपाली काँग्रेससँग गठबन्धनमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झुट बोलेर गठबन्धन टुटाएको आरोप लगाएका छन् । नेपाल तरुण दल रामेछापले शुक्रवार रामेछापमा आयोजना गरेको प्रथम तरुण जिल्ला सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य राणाले आफ्नो पार्टीसँग गठबन्धनमा रहेका प्रधानमन्त्री दाहालले गठबन्धन टुटाउने अघिल्लो दिन सम्म पनि गठबन्धन फुट्दैन भन्दै झुट […]

  5. समाचार

    खेलाडी विद्यार्थी पुरस्कृत

    रामेछाप– रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको लिट्टिल स्टार अङ्ग्रेजी विद्यालयले खेलाडी विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ । यस अघि विद्यालयले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगितामा भाग लिएर विजयी भएका खेलाडीहरूलाई पुरस्कृत गरेको हो । फागुन ३० गते बुधवार विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार दिइएको थियो । विद्यालयकै अन्तर सदन स्तरीय खेलकुद प्रतियोगितामा विजयी भएका […]

  6. समाचार

    व्यक्तिगत सहयोगमा स्काउट पोसाक वितरण

    रामेछाप– रामेछापको सुनापति गाउँपालिका वडा नं ४ बेथानमा रहेको कुशेश्वर माविको स्काउट ट्रुपलाई व्यक्तिगत सहयोगमा स्काउट पोसाक वितरण भएको छ । नेपाली काँग्रेस रामेछापका जिल्ला कार्य समिति सदस्य एवं युवा नेता दिपेन्द्र खड्का, काँग्रेस नेतृ सरस्वती रायमाझी, समाजसेवी सुन्दर चालिसे र विष्णु केसीको आर्थिक सहयोगमा कुशेश्वर स्काउट ट्रुपका २५ जनालाई स्काउट पोसाक वितरण गरिएको हो ।  […]

  7. समाचार

    महाशिवरात्रि पर्वमा विविध कार्यक्रमको आयोजना

    रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा महाशिवरात्रि पर्वको अवसरमा विविध कार्यक्रमको आयोजना भएको छ। फाल्गुन शुक्रवार मन्थलीमा रहेको ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रले विविध कार्यक्रमको आयोजना गरेको हो।बिहान मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रको भवनमा झन्डोत्तोलन गरेकी थिइन । कार्यक्रममा रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुलीकाे पनि उपस्थिति रहेको थियो। त्यसै गरी दिउँसो पञ्चेबाजा […]

  8. विविध

    विद्यार्थीको एक दिने शैक्षिक भ्रमण

    रामेछाप– रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको लिट्टिल स्टार अंग्रेजी माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई शैक्षिक भ्रमण गराएको छ । विद्यालयले कक्षा ७ र ९ का विद्यार्थीहरूलाई एक दिने शैक्षिक भ्रमण गराएको हो । फागुन १५ गते गराइएको शैक्षिक भ्रमण अन्तरगत विद्यार्थीहरूले धार्मिक एवं ऐतिहासिक सम्पदाहरूको अवलोकन भ्रमण गरेका थिए ।  शिक्षक र विद्यार्थीहरूको टोलीले काभ्रेपलान्चोक जिल्लाको साँगा […]

  9. समाचार

    गेलुमा निःशुल्क पशुपन्छी शिविर, १ हजार पाँच सय पशुपन्छीको उपचार

    रामेछाप– रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ गेलुमा एक दिने निःशुल्क पशुपन्छी शिविर सम्पन्न भएको छ । मन्थली नगरपालिका तथा हेफर नेपाल परियोजनाको आर्थिक तथा प्राविधिक सहयोग र पहाडी समाज कल्याण केन्द्र दोरम्बाको सहरीकरणमा शनिवार संञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता परियोजना अन्तरगत मन्थली नगरपालिका पशु स्वास्थ्य शाखाको समन्वयमा […]

  10. समाचार

    हिष्टुन रामेछापको जिल्ला भेला तथा अन्तरक्रिया सम्पन्न

    रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल हिष्टुन रामेछापको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अध्यक्ष केशवदत्त भट्टको अध्यक्षतामा शनिवार सम्पन्न कार्यक्रममा हिष्टुनका केन्द्रीय अध्यक्ष टिकाप्रसाद न्यौपाने, केन्द्रीय सदस्य हरकसिंह धामी, हिष्टुन बागमती प्रदेश उपाध्यक्ष मुना पोखरेल शिक्षक महासंघ रामेछापका अध्यक्ष शंकरप्रसाद ढुङ्गेल, मन्थली नगरपालिका शिक्षा शाखा प्रमुख विष्णु […]

  11. राजनीति

    रामेछापमा चैत्र ३ गते ‘तरुण जिल्ला सम्मेलन’

    रामेछाप– नेपाल तरुण दल रामेछापले जिल्ला सम्मेलन गर्ने भएको छ । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न नेपाल तरुण दल जिल्ला कार्य समिति रामेछापको बैठकले चैत्र ३ गते ‘तरुण जिल्ला सम्मेलन’ गर्ने निर्णय गरेको हो ।  नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) को अध्यक्षतामा बसेको बैठकले नेपाली काँग्रेसको एउटा खम्बाको रूपमा रहेको तरुण […]