समाचार
७७०समाचार
पृष्ठ ४३
फुलासी काँग्रेसले दियो ४ सय नागरिकलाई जाडोमा ओढ्ने फाइबर सिरक
रामेछाप- नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं १३ फुलासीले वडाका ४ सय स्थानीयलाई जाडोका समयमा फइबर सिरक वितरण गरेको छ । मन्थली नगरपालिका वडा नं १३ मा राज्यबाट सामाजिक सुरक्षा भत्त लिइरहेका जेष्ठ नागरिक, एकल महिला, दलित बालबालिका, अति अशक्त लगायतका ४ सय नागरिकलाई काँग्रेसले जाडोमा ओढ्ने न्यानो फाइबर सिरक वितरण गरेको हो । मंगलबार […]
माओवादीका सचिव नै काँग्रेसमा प्रवेश
रामेछाप- नेकपा माओवादी केन्द्रका वडा सचिव नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मन्थली नगरपालिका वडा नं १३ फुलासीका नेकपा माओवादी केन्द्रका वडा सचिव डम्बर खपाङ्गी मगर नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं १३ फुलासीले मंगलवार आयोजना गरेको वडा पार्टी कार्यालय उद्घाटन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडा सचिव डम्बर […]
यस्तो बन्यो नेकपा एमाले रामेछापको जिल्ला कमिटी (नामावली सहित)
रामेछाप- नेकपा एमाले रामेछापको ८ औँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सदरमुकाम मन्थलीमा शुक्रवार देखि सुरु भई सोमवार सम्पन्न आठौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व सहितको जिल्ला कमिटी चयन गरेको हो । एमाले रामेछापले सहमतिमा नै नेतृत्व छनौट गर्ने प्रयास गरेको भएपनि अध्यक्ष र केही सदस्य बाहेक अन्य पदाधिकारी र भूगोल तथा समावेसी […]
तीव्र गतिमा फैलिइरहेको छ कोरोना संक्रमण दर, जिम्मेवार छैनन् राजनीतिक दलहरु
केही दिन अघि मात्रै महाधिवेशन सकेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठ झण्डै एक हप्ता सम्म चलेको महाधिवेशनमा सहभागी भएका कारण त्यहाँ सहभागी अन्य नेता तथा कार्यकर्तालाई पनि कोरोना […]
एमाले रामेछाप जिल्ला अधिवेशनः अध्यक्षमा श्रेष्ठ निर्विरोध, अन्य पदमा मतदान हुने
रामेछाप– नेकपा एमाले रामेछापको अध्यक्षमा आनन्द कुमार श्रेष्ठ निर्वाचित भएका छन् । अध्यक्षका दुई प्रतिस्पर्धी प्रेम बहादुर तामाङ र झम्क कंडेलले उम्मेद्वारी फिर्ता लिएपछि श्रेष्ठ सर्वसम्मत अध्यक्ष भएका हुन् । सर्वसम्मत अध्यक्ष बनेका श्रेष्ठले अध्यक्षमा उम्मेद्वारी घोषणा गर्दा पार्टीलाई थप बलियो बताउने, पार्टीलाई सुदृढीकरण गर्दै एकताबद्ध बनाउने, नेकपा एमालेलाई राजनीतिक र बैचारिक हिसाबले थप सुदृढ […]
एमाले रामेछाप अधिवेशनः ९० पदका लागि २ सयको उम्मेद्वारी दर्ता, अध्यक्षमा मात्रै तीन जना
रामेछाप- नेकपा एमाले रामेछापको अध्यक्ष पदका लागि तीन जनाले उम्मेद्वारी दर्ता गराएका छन् । शुक्रबार देखि सुरु भएको जिल्ला अधिवेशनमा सहमतिबाटै अध्यक्ष टुंग्याउने प्रयास गरिएको भएपनि सहमती नभएपछि प्रेम बहादुर तामाङ, आनन्द कुमार श्रेष्ठ र झम्क कंडेलले शनिबार साँझ अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका हुन् । अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराउने तामाङ बर्तमान जिल्ला कमिटीका […]
तेस्रो मन्थली मेयर कप भलिवल प्रतियोगिताबाट ६ टिम बाहिरिए, फाइनल खेल आइतबार हुने
रामेछाप– रामेछाप सदरमुकाम मन्थलीमा संचालन भइरहेको तेस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगितामा शनिबार ११ टिमले खेल खेलेका छन् । सो खेल अन्तरगत लिग चरणबाट ६ वटा टिम बाहिरिएका छन् । जसमा मन्थली नगरपालिका वडा नम्बर ५ (सुनारपानी), वडा नम्बर २ (टेकानपुर), वडा नम्बर ९ (पुरानागाउँ), वडा नम्बर ६ (भलुवाजोर), वडा नम्बर १२( गेलु) र […]
समाज सेवा जागृत महिला बचतको १४ वर्षे यात्राः साढे पाँच सय शेयर सदस्य, एक करोड माथिको कारोबार
रामेछाप– २०६२ सालदेखि महिलाहरुको समूहले पाँच रुपैयाँका दरले पैसा उठाएर सुरु गरेको सहकारीले १४ वर्षमा आइपुग्दा झण्डै एक करोड ३० लाखको हाराहारीमा कारोबार गर्न सफल भएको छ । साविकको रामेछाप गाविसका केही स्थानीय महिलाहरुको स–साना समूह बनाएर पाँच रुपैयाका दरले पैसा उठाएर सुरु गरिएको समाज सेवा जागृत महिला बचत तथा ऋण सहकारी संस्थाले १४ वर्षको […]
‘गाउँ विकासको लागि महिलाले नेतृत्व लिन आवश्यक छ’ – उपप्रमुख खड्का
रामेछाप– रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले गाउँ विकासको लागि महिलाले नेतृत्व लिन आवश्यक रहेको बताएकी छिन् । समाज सेवा जागृत महिला बचत तथा ऋण सहकारी संस्थाको शुक्रबार रामेछापमा आयोजित १४ औँ वार्षिक साधारणसभामा आफ्नो भनाई राख्दै उपप्रमुख खड्काले गाउँका पुरुषहरु विभिन्न कारणले गाउँ बाहिर हुने र गाउँ विकासको नेतृत्व गर्ने पुरुषहरु गाउँमा नहुँदा गाउँको विकास […]
तेस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु
रामेछाप- तेस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । मन्थली नगरपालिकाको आयोजनामा आइतबार सम्म संचाल हुने तेस्रो मेयर कप पुरुष भलिबल प्रतियोगिता शुक्रबार देखि सुरु भएको हो । रामेछाप सदरमुकाम मन्थली स्थिति जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा नगर प्रमुख रमेश कुमार बस्नेतले उद्घाटन गरेर प्रतियोगिताको सुरु गरेका हुन् । तेस्रो मेयर कपको […]
एमाले अधिवेशनः रामेछापमा अधिवेशन हुन ३ दिन बाँकी, अध्यक्ष पदका एक्ला उम्मेद्वार श्रेष्ठ
रामेछाप- नेकपा एमाले रामेछापको जिल्ला अधिवेशन हुन तीन दिन बाँकी हुँदा अध्यक्ष पदमा एक जनाले मात्रै उम्मेद्वारी घोषणा गरेका छन् । पार्टी सचिव समेत रहेका आनन्द कुमार श्रेष्ठले आफू ८ औँ जिल्ला अधिवेशनमा अध्यक्षको उम्मेद्वार बन्ने घोषणा गरेका छन् । अधिवेशनको लागि प्रतिनिधि छनौट लगायतका धेरै काम सम्पन्न भएर अधिवेशन हुन तीन दिन मात्रै बाँकी […]
माओवादी केन्द्रको केन्द्रीय सदस्यमा रामेछापबाट तीन जना निर्वाचित
रामेछाप- नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा रामेछापबाट तीन जना निर्वाचित भएका छन् । नेकपा माओवादीको काठमाण्डौमा जारी ८ औँ महाधिवेशनबाट रामेछापका श्याम कुमार श्रेष्ठ, युवराज चौलागाईँ र लक्ष्मी गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । श्रेष्ठ र चौलागाइँ खुल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको नेकपा माओवादी केन्द्र रामेछापका अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिए । मोक्तानका अनुसार गुरुङ […]












