समाचार
७७०समाचार
पृष्ठ २७
शैक्षिक सामाग्री सहयोग
रामेछाप- रामेछाप जेसिज वर्ष २०२० का अध्यक्ष गोपाल खड्काले सेतीदेवी माविका बिद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेका छन् । मन्थली नगरपालिका वडा नं ४ सालुको सेतीदेवी माविका बिद्यार्थीलाई खड्काले मंगलबार बिद्यालयमै पुगेर शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेका हुन् । कार्यक्रममा बोल्दै खड्काले आफू पनि त्यहि बिद्यालयमा पढेको स्मरण गर्दै अफ्टेरोमा परेका विद्यार्थीहरूलाई सहयोग […]
पार्टीका सङ्गठनहरू निष्क्रिय हुँदा पार्टी कमजोर हुँदै गयो– काँग्रेस नेता प्रकाशमान सिंह
रामेछाप– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको भातृ सङ्गठन र शुभेच्छुक संस्थाहरू निष्क्रिय हुँदा पार्टी कमजोर हुँदै गएको बताएका छन् । मङ्गलवार रामेछापमा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटको क्रममा आफ्नो भनाइ राख्दै नेता सिंहले पछिल्लो समयमा पार्टीका भातृ सङ्गठन र शुभेच्छुक संस्थाहरूको अधिवेशन नहुँदा ती संस्थाहरूको निष्क्रियताले गर्दा मूल पार्टी कमजोर हुँदै गएको बताएका हुन् […]
गर्गगोत्रीय भट्टहरूको वंशावली सार्वजनिक
काठमाण्डौं- नेपालका विभिन्न भागमा बसोबास गर्दै आएका गर्गगोत्रीय भट्टहरूको वंशावली सोमबार काठमाण्डौंमा लोकार्पण गरिएको छ । गर्गगोत्रीय भट्ट समाजका संयोजक भरतमणी भट्ट र सदस्य नारायणप्रसाद भट्टले एक समारोहका बिच वंशावलीको लोकार्पण गरेका हुन । नेपालको पूर्व देखि पश्चिम सम्म छरिएर रहेका गर्गगोत्रीय भट्टहरुको वंशावली सूचिकृत भएको उक्त पुस्तकमा भट्ट वंशको परम्परागत इष्टकुलदेवताको पूजा विधि लगायतका […]
रामेछाप नगरपालिकाको सार्वजनिक सुनुवाई, ८ महिनाको खर्च ५० प्रतिशत (पूर्ण पाठ)
रामेछाप– रामेछाप नगरपालिकाको चालु आर्थिक वर्षको दुई चौमासिकको खर्च ५० दशमलव ४२ प्रतिशत भएको छ । नगरपालिकाले विहिबार सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत नगरले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्म गरेको खर्चको विवरण प्रस्तुत गर्दै हाल सम्म समग्रमा ५० दशमलव ४२ प्रतिशत भएको बताएको हो । चालु आर्थिक वर्ष ०७९÷८० को दोस्रो चौमासिक सम्मको खर्च विवरण […]
दुईवटै मृगौला फेल भएपछि प्रत्यारोपणका लागि सहयोगको अपिल
रामेछाप– जिल्लाको मन्थली नगरपालिका– ३ कठजोरका ३२ वर्षीय विश्वराज बुढाथोकी आर्थिक अभावमा अस्पातलको शैयामा छट्पटाइरहेका छन् । दुईवटै मृगौला फेल भएका बुढाथोकी एक वर्ष देखि काठमाडौंको वीर अस्पातलमा जीवन मरणको दोसाधमा छन् । एक वर्ष देखि वीर अस्पतालमा दुवै मृगौलाको डाइलसिस गराइरहेका बुढाथोकीको अब मृगौला प्रत्यारोपण गर्नु पर्ने चिकित्सकहरुले बताएका छन् । दुवै मृगौला फेल […]
आफ्नै पार्टीका उम्मेदवार हराउन बन्ने गुटको अन्त्य हुनुपर्छ- सचिव खड्का
काठमाण्डौ- नेपाली काँग्रेस रामेछापका पार्टी सचिव दीपक खड्काले आफ्नै पार्टीका उम्मेद्वार हराउन बन्ने गुटको अन्त्य हुनु पर्ने बताएका छन् । शनिबार गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापले काठमाण्डौमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा सचिव खड्काले नेपाली काँग्रेस पार्टी भित्र आफूलाई मन नपरेको मान्छेले टिकट लिएमा हराउन नेताहरु […]
रामेछापका ८ स्थानीय तहको बेरुजू ३७ करोड माथि, खाँडादेवीको ९ करोड बढी
रामेछाप– रामेछापका ८ स्थानीय तहको आर्थिक वर्ष २०७८/०७९ मा ३७ करोड ७९ लाख ७ हजार रुपैयाँ रकम बेरुजू देखिएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ६०औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका दुई नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तहको बेरुजू रकम ३७ करोड ७९ लाख ७ हजार रुपैयाँ देखिएको हो । महालेखापरीक्षकको ६०औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका […]
७२ वर्षीय जेष्ठ नागरिकलाई घरमै पुगेर नागरिकता
रामेछाप– रामेछापका प्रमुख जिल्ला अधिकारीले फरक क्षमता भएका व्यक्ति र जेष्ठ नागरिकको घरमै पुगेर नागरिता दिइएकी छिन् । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले शनिबार जिल्लाको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाका फरक क्षमता भएका २५ वर्षका व्यक्ति र ७२ वर्षीय जेष्ठ नागरिकको घरमै पुगेर नागरिता दिइएकी हुन् । नागरिकता बनाउनको लागि जिल्ला प्रशासन सम्म आउन […]
भूतपुर्व प्रहरी संगठन रामेछापमा नयाँ नेतृत्व, अध्यक्षमा कुमार खत्री
रामेछाप- नेपाल पूर्व प्रहरी संगठन रामेछापको नयाँ कार्यसमिति चयन भएको छ । शनिवार मन्थलीमा सम्पन्न संगठनको चौथो जिल्ला अधिवेशनले कुमार खत्रीको नेतृत्वमा २० सदस्यीय नयाँ कार्यसमिति निर्विरोध रुपमा चयन गरेको हो । संगठनको प्रथम उपाध्यक्षमा राम बहादुर वरुवाल, द्वितिय उपाध्यक्षमा अर्जुन वहादुर खड्का, सचिबमा केशर बहादुर श्रेष्ठ, सह सचिवमा क्षेत्र बहादुर बुढाथोकी, कोषाध्यक्षमा ढाकल थापा, […]
नगरपालिकाले सिप सिकाएपछि गाउँमै बन्न थाले बाँसका सामाग्री
रामेछाप– रामेछाप नगरपालिकाले गाउँ–गाउँमा उद्यमी उत्पादन गर्न सुरु गरेको छ । गरिवी निवरणको लागि लघु उद्यम विकास कार्यक्रम मार्फत यो वर्ष ७५ जनालाई गाउँमै लघु उद्यम संचान गर्न सक्ने गरी विभिन्न प्रकारका तालिमहरु संचालन गरेको हो । रामेछाप नगरपालिकाको आर्थिक सहयोग र ग्रामिण विजनेश प्रमोशन प्रा.लि.को प्राविधिक सहयोगमा ७५ जना नयाँ उद्यमी उत्पादन गर्ने र […]
कौछिनी बोलेरो दुर्घटनाः मृतकको संख्या ५ पुग्यो, ११ घाइते मध्ये एकको अवस्था गम्भिर
रामेछाप– मन्थली नगरपालिका वडा नं ७ भटौलीको कौछिनीमा विहिबार भएको बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । सदरमुकाम मन्थलीबाट कौछिनी तर्फ जाँदै गरेको बा ११ च ५५३ नम्बरको बोलेरो जिप सडकबाट करिव एक सय मिटल तल खस्दा घटना स्थलमै ४ जनाको र एक जनाको रामेछाप सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । […]
मन्थलीको कौछिनीमा बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु, ११ जना घाइते
रामेछाप– रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौलीको कौछिनीमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । विहिबार सदरमुकाम मन्थलीबाट कौछिनी तर्फ जाँदै गरेको बा ११ च ५५३ नम्बरको बोलेरो जिप भटौलीको कौछिनीमा दुर्घटना हुँदा ४ जनाको ज्यान गएको हो भने ११ जना घाइते भएका हुन् । […]












