खेलकुद

सुनापति गाउँपालिका सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रामेछाप– सुनापति गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विभिन्न खेल बिधा अन्तरगत रहेर गाउँपालिका भित्रका मावि तहमा अध्ययनरत विद्यार्थी सहभागी हुन पाउने सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि सुरु भएको हो । सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले प्रतियोगिताको उद्घाटन गरेर […]

  1. राजनीति

    रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस

    काठमाडौं– नेपाली काँग्रेस रामेछापका युवा नेताहरुले रामेछापमा युवा पुस्ताको नेतृत्वको आवश्यकता र पार्टीभित्र रूपान्तरणको बहस चलाउन थालेको छन् । कांग्रेसको १५ औँ अधिवेशनलाई दृष्टिगत गर्दै युवाहरूले संगठनमा नयाँ सोच, अनुशासन र परिवर्तनको नेतृत्व आवश्यक रहेको धारणा राखेका छन् । शनिबार काठमाण्डौको मध्यबानेश्वरस्थित सनराईज फुडल्याण्डमा आयोजित कार्यक्रममा रामेछापका युवा कांग्रेस नेताहरूले पार्टीभित्र अब युवा पुस्ताले जिम्मेवारी […]

  2. समाचार

    एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा सुरेश उदाश

    रामेछाप- नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा सुरेश उदाश निर्वाचित भएका छन् । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट उदाश अध्यक्षमा निर्वाचित भएका हुन् । उदासको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति समेत नयाँ चयन भएको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा रुद्रकुमार श्रेष्ठ, महिला उपाध्यक्षमा निरा तामाङ, सचिवमा जयराम मानन्धर, उपसचिवमा […]

  3. समाचार

    रामेछाप–काठमाण्डौँ हवाई यात्रा गर्न पाइने, प्रत्येक शुक्रवार उडान हुने

    रामेछाप– रामेछाप–काण्डमाण्डौँ तथा काठमाण्डौँ–रामेछापमा अब नियमित हवाई यात्रा गर्न पाइने भएको छ । बिहिवार शान्तिदीप युवा क्लव रामेछापका प्रतिनिधि र हाल रामेछाप विमान स्थलबाट उडान भर्दै आएका वायुसेवा कम्पनीहरु तारा एयर, सीता एयर र समिट एयरका रामेछाप प्रतिनिधिहरुबिच भएको छलफलबाट प्रत्येक हप्ताको शुक्रवार नियमित उडान गर्ने सहमति भएपछि अब हवाई यात्रा गर्न पाइने भएको हो […]

  4. खेलकुद

    सुनापति गाउँपालिका चौथो अध्यक्ष कपको उपाधि मुगिखोला युवा क्लब मन्थलीलाई

    रामेछाप– सुनापति गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबलको उपाधि मुगिखोला युवा क्लब मन्थलीले जितेको छ । बुधवार भएको फाइनले खेलमा आयोजक टिम सुनापति गाउँपालिका खेलकुद विकास समितिलाई पराजित गर्दै चौथो अध्यक्ष कपको उपाधि जितेको हो । विजेता टिम मुगिखोला युवा क्लबले एक लाख ५० हजार पुरस्कार सहित  ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ […]

  5. खेलकुद

    सुनापति गाउँपालिका अध्यक्ष कप :  आयोजक र मुगिखोला युवा क्लब मन्थली फाइनलमा

    रामेछाप- सुनापति गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आयोजक टिम सुनापति गाउँपालिका खेलकुद विकास समिति र मुगिखोला युवा क्लब मन्थली फाइनलमा पुगेका छन् । मंगलबार भएको सेमी फाइनलको खेलमा जित निकाल्दै दुई टिम फाइनलमा पुगेका हुन् ।  सेमी फाइनल अन्तरगतको पहिलो खेलमा मुगीखोला युवा क्लबले बेथान युवा समाजलाई पराजित गर्दै फाइनलको यात्रा […]

  6. खेलकुद

    सुनापति गाउँपालिका अध्यक्ष कप : पहिलो चरणका दश खेल सम्पन्न, मंगलबार क्वाटर फाइनलका खेल हुने

    रामेछाप– आइतबारदेखि सुरु भएको सुनापति गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो चरणका सबै खेलहरू सम्पन्न भएका छन् । आइतबार र सोमबार गरी पहिलो चरणका दश खेल सम्पन्न भएका हुन् । आइतबार भएको एक खेलमा आयोजक टिमले (सुनापति गाउँपालिका खेलकुद विकास समिति) आरवि सप्लायर्स कामालाई हराएको थियो । त्यस्तै सोमबार भएको दोस्रो खेलमा […]

  7. खेलकुद

    सुनापति गाउँपालिका अध्यक्ष कप : आरवि सप्लायर्सलाई आयोजकले हरायो, सोमबार ५ खेल हुने

    रामेछाप– आइतबारदेखि सुरु भएको सुनापति गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टिमले (सुनापति गाउँपालिका खेलकुद विकास समिति) आरवि सप्लायर्स कामालाई हराएको छ । आयोजक टिमले आरवि सप्लायर्स कामालाई सोझो सेटमा हराएको हो । पहिलो चरणको खेल तालिका अनुसार आइतबार एक खेल मात्रै भएको थियो भने सोमबार ५ देखि ६ खेल […]

  8. खेलकुद

    सुनापति गाउँपालिका अध्यक्ष कपको तयारी अन्तिम चरणमा, ११ टिमले भाग लिने

    रामेछाप– सुनापति गाउँपालिका अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ । आइतबार (कात्तिक ९ गते) देखि सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीले बताए । तोकिएकै समय आइतबारदेखि नै खेल खेलाउन सक्ने गरी सुनापति गाउँपालिका वडा नं ३ का वडाध्यक्ष कुलबहादुर […]

  9. विचार

    आफैँप्रति निर्मम बनौँ !

    हामीले सानै उमेरदेखि परिवर्तनको बाटो खोज्यौँ । त्यस्ता साहित्य खोजी खोजी पढ्यौँ । जुन साहित्यले क्रान्तिको मार्ग फराकिलो बनाउँछ । हामीले सर्वसुलभ पुस्तक लेनिन र माओत्सेतुङका कीर्तिहरू पढ्यौँ । त्यहाँ महत्त्वका साथ लेखिएका तीन/आठ नियमलाई आफ्नो आदर्श मान्यौँ । रातो पुस्तकले महत्त्व दिएको “सादा जीवन उच्च विचार” हाम्रो व्यवहारको कसी बनायौँ । क्रमशः हामी सादगी […]

  10. समाचार

    रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टलाई पूर्ण शान्ति पुरस्कार

    रामेछाप- रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्ट पूर्ण शान्ति पुरस्कारबाट पुरस्कृत भएका छन् । ७० औं प्रहरी दिवसको अवसरमा काठमाण्डौँमा आयोजित कार्यक्रम भट्ट यस वर्षको पूर्ण शान्ति पुरस्कारबाट पुरस्कृत भएका हुन् । प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार भएको कार्यक्रममा भट्टलाई गृहमन्त्री ओमप्रकाश अर्यालले भट्टलाई पूर्ण शान्ति पुरस्कार प्रदान गरेका छन् । रामेछाप आउनुअघि […]

  11. समाचार

    सुनापति गाउँपालिका अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता कात्तिक ९ देखि हुने

    रामेछाप- रामेछापको सुनापति गाउँपालिकाले चौथो सुनापति गाउँपालिका अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता कात्तिक ९ गतेदेखि सुरु गर्ने भएको छ । गाउँपालिकाले खुला पुरुष भलिबल प्रतियोगितामा देशैभरका भलिबल खेलाडीले भाग लिन पाउने गरी कात्तिक ९ गतेबाट सुरु गरेर १२ गते सम्पन्न गर्ने मिति तय गरेको हो । गाउँपालिका भित्र रहेका खेलाडीलाई राष्ट्रिय स्तरको खेलाडीहरूसँग प्रतिस्पर्धा […]