समाचार

प्राकृतिक सौन्दर्यले भरिपूर्ण जट पोखरी–पाँच पोखरीः मनै लोभ्याउने १० तस्विर

रामेछाप– समुद्री सतहबाट साँढे चार हजार मिटरको उचाईमा अवस्थित पाँच पोखरी र जट पोखरीमा जनै पूर्णिमाको दिन हजारौको संख्यामा भक्तालुहरु मेला भर्ना जाने गर्छन् । रामेछापको उमाकुण्डा गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको केही भूभाग गाडीको यात्रा गरेपछि एक दिनको पैदल यात्रापछि पुगिने यी दुई पोखरी उत्तरी रामेछापको महत्वपूर्ण पर्यटकिय स्थल हुन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकिय […]

  1. समाज

    सिर्पाइलीको सहयोगी भावनाः कर्मथलो रामेछापमा भएपनि सहयोगी मन रुकुम पश्चिम

    रामेछाप– रुकुम पश्चिमको सानी भेरी गाउँपालिका वडा नं १० अर्माडाँडामा रहेको सरस्वती माध्यामिक विद्यालयको घेराबार तथा खेल मैदान निर्माणको लागि सोही विद्यायमा अध्ययन गरेका बम बहादुर सिर्पाइली जुटेका छन् । मनास्लु हिमाल आरोही सोही गाउँपालिका घर भई हाल रामेछाप जिल्ला निर्वाचन कार्यालयमा नायब सुब्बा पदमा कार्यरत सिर्पाइली आफूले एस.एल.सी उतिर्ण गरेको विद्यालयको घेरा बार र […]

  2. राजनीति

    रामेछाप तरुणदलको कार्यसमिति विस्तार

    रामेछाप– नेपाल तरुणदल रामेछापको जिल्ला कार्यसमिति विस्तार भएको छ । मंगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले नयाँ सदस्य मनोनित गर्दै कार्यसमिति विस्तार गरेको हो । नेपाल तरुणदल रामेछापका अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ को अध्यक्षतामा बसेको बैठकले पाँच जना जिल्ला कार्यसमिति सदस्य र पाँच जना आमन्त्रित जिल्ला कार्यसमिति सदस्य गरी दश जना मनोनित गरिएको तरुणदल रामेछापका […]

  3. समाचार

    ३८ औं वीपी स्मृति दिवसमा रामेछापमा भएका कार्यक्रम फोटोमा

    रमहरि केसी, रामेछाप– ३८ औं वीपी स्मृति दिवसमा रामेछापमा विभिन्न कार्यक्रमहरु भएका छन् । वीपी स्मृति दिवसको अवसर पारेर मंगलबार नेपाली काँग्रेस रामेछापले विरुवा रोप्ने कार्यक्रम गरेको छ भने सुभेक्षुक संस्था नेपाल प्रेस युनियनले पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछाप र रामेछाप नगर कार्यसमितिको सहआयोजनामा रामेछाप नगरपालिका वडा नं […]

  4. विचार

    समुदायको दिगो स्वास्थ्य कार्यक्रमः ‘रोग भन्दा अस्पताल हिड्नु उत्तम’

    नेपालको हालको परिप्रेक्ष्यमा दिगो स्वास्थ्य कार्यक्रमहरु र अस्पतालहरु चलाउन सक्नु भनेको ठुलो उपलब्धीका रुपमा मान्नुपर्दछ । अझ रामेछाप जिल्ला जस्तो दुर्गम स्थानमा यो ज्यादै कठिन काम हो । स्वास्थ्य सेवामा लिइने शुल्कहरु साधारणतया कम आयस्तरका जनताहरु भएको ठाउँमा न्युन नै हुनुपर्दछ । अझ बिपन्न र असहायहरुलाइ कित स्वास्थ्य बिमा कार्यक्रमले या सरकारका अन्य कार्यक्रमहरुले सेवा […]

  5. स्थानीय सरकार

    पर्यटन प्रवर्द्धनमा स्थानीय सरकारको सहयोग, भालुखोपमा सामुदायिक होमस्टे संचालनमा

    रामेछाप– रामेछाप नगरपालिकाले पर्यटन प्रवर्द्धनको लागि विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । नगरभित्र रहेका पर्यटकिय स्थलहरुको खोजी कार्य गर्ने देखि प्रचार प्रसार गर्दै आएको नगरपालिकाले पर्यटकहरुका लागि स्थानीय स्तरमै उत्पादित खाना खुवाउने र बस्नको लागि होमस्टे पनि संचालनमा ल्याएको छ । रामेछाप नगरपालिकाको वडा नं ६ र ७ को संगम स्थल भालुखोपमा ‘भालुखोप सामुदायिक […]

  6. समाचार

    जीपी फाउण्डेशन रामेछापको कार्यसमिति विस्तार, एक सचिव र एक सदस्य थपिए

    रामेछाप– गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापले कार्यसमितिमा एक सचिव र एक सदस्य थप गरेको छ । फाउण्डेशनका जिल्ला अध्यक्ष दीपक खड्काले यस अघि फाण्डेशनको बैठकले गरेको निर्णय अनुसार बुधबार एक सचिब र एक सदस्य थप गर्नुभएको हो । जिल्ला कार्य समितिको मिति २०७६ साल चैत्र महिनाको ६ गते बसेको बैठकको निर्णय नं ४ मा उल्लेखित […]

  7. समाज

    कठजोरका दुई सय बढी जेष्ठ नागरिक ३ नं वडा कार्यालयद्वारा सम्मानित

    रामेछाप– मन्थली नगरपालिका वडा नम्बर ३ ले वडामा रहेका ७० वर्ष माथिका जेष्ठ नागरिकालाई सम्मान गरेको छ । वडा कार्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी ७० वर्ष पार गरी सामाजिक सुरक्षा भत्ता लिई रहेका दुई सय बढी जेष्ठ नागरिकलाई न्यानो कपडा सहित सम्मान गरेको हो । वडा कार्यालय नजिक गरिएको कार्यक्रममा ७० वर्ष नाघेका महिला […]

  8. समाचार

    कृषिमा रामेछापका युवाहरुको आकर्षणः साथ दिँदै प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना

    रामेछाप– आफ्नो गाउँघर सुन्ने बनाएर रोजगारीको खोजीमा विदेश भौतारिएका युवाहरु अर्काको भूमीमा बगाउने पसिना आफ्नै गाउँको बनपाखामा बगाएर समृद्धिको खोजीमा लागेका छन् । मलेसियामा चार वर्षको लामो बसाई पछि तीन वर्ष अघि मलेसियाबाट फर्केका रामेछापको सुनापति गाउँपालिका–५ का कृष्ण कुमार मानन्धरले विदेशमा गरेको मेहनत आफ्नै बनपाखामा गर्न सके पैसा कमाउन अरुको देश जानु नपर्ने सोचका […]

  9. कुराकानी

    खाँडादेवीमा कृषिको नयाँ योजनाः ‘भूमी बैंक स्थापना, व्यावसायिक उत्पादनमा जोड’ (भिडियो)

    रामेछाप– खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि, पर्यटन प्रवद्र्धन लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । कोरोना भाइरसका कारण बेरोजगारीको संख्या बढ्न सक्ने र भोकमारी आउन सक्ने आकलन गर्दै कृषि मार्फत बेरोजगारी घाटाउने र निर्वाहमूखी कृषि उत्पादनलाई व्यावसायिक बनाउने नीति तथा कार्यक्रममा समेटिएको गाउँपालिकाका अध्यक्ष प्रेम तामाङले बताउनुभएको छ […]

  10. स्थानीय सरकार

    रामेछापका महिला उद्यमीलाई सिलाई मेसिन वितरण

    रमहरि केसी, रामेछाप– रामेछाप नगरपालिकाले व्यवसय प्रवद्र्धनको लागि महिला उद्यमीहरुलाई सिलाई मेसिन उपलब्ध गराएको छ । घरेलु स्यानेटरी प्याड उत्पादन गर्ने तालिम लिएका महिलाहरुलाई घरमै स्यानेटरी प्याड उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले शुक्रबार नगरपालिकामा सिलाई मेसिन उपलब्ध गराएको हो । अघिल्लो आर्थिक वर्षमा स्यानेटरी प्याड उत्पान गर्न तालिम लिएका नगरका ९ वटै वडाका १८ जना महिलाहरुलाई […]

  11. स्थानीय सरकार

    लिखुतामाकोशीको नीति तथा कार्यक्रमः कृषि, रोजगारी र स्वास्थ्य प्राथमिकतामा (पूर्णपाठ)

    लिखुतामाकोशी– लिखुतामाकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार गाउँपालिकाको सातौं गाउँसभाले कोरोना भाइरसका कारण आउन सक्ने संकटलाई समधान गर्ने गरी आर्थिक विकासलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्राम ल्याएको हो । आर्थिक विकासका लागि गाउँपालिकाले कृषि तथा पशुपंक्षी विकास मार्फत कृषिमा उन्नतिः लिखु तामाकोशी गाउँपालिकाबासीको समुन्नति, चिनौँ […]