गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति
रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवा गाउँमै पुगेर दिन थालेको छ । गाउँपालिकाले आइतबारदेखि एकीकृत घुम्ती शिविर मार्फत वडा कार्यालयबाट सेवा दिन थालेको हो । गाउँपालिकाबाट प्रवाह हुने एक दर्जन भन्दा बढी सेवा सहित गाउँपालिकाको टिम वडामा पुगेर नागरिकलाई सेवा दिन थालिएको सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले बताए । […]












