समाचार

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक शिक्षक घाइते

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङल्याङमा यात्रुवहाक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छिन् । बिहिबार दिउँसो काठमाण्डौंबाट रामेछापको रामपुर हिडेको ८७५१ नम्बरको यात्रुबाहक बसको ढोकाबाट खस्दा यात्रु सविता खड्का घाइते भएकी हुन् । रामेछाप नगरपालिकाको वडा नं ९ स्थित भिमेश्वर आविमा अध्ययनरत शिक्षक खड्का घाइते भएपछि तत्काल उद्धार गरेर रामेछाप अस्पताल […]

  1. समाचार

    भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार

    रामेछाप- रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनासकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि रामेछापको गोकुलगंगा गाउँपालिकाले २२ लाख ६ हजार ५ सय ७० रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाको मिति २०८३ भदौ १४ गते बसेको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट सो रकम जम्मा […]

  2. समाचार

    भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग

    रामेछाप- भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम थापाले आर्थिक सहयोग गरेका छन् । थापाले सोमबार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख ११ हजार रुपैयाँ रकम जम्मा गरेरे बाढी प्रभावितहरुका लागि सहयोग गरेको हुन् । भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति […]

  3. समाचार

    काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

    रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आइतबार बिहान अन्दाजी ७ बजेको समयमा मन्थली नगरपालिका वडा नं ७ कल्लेरी मानेडाँडा बस्ने ३२ वर्षीय करण बि.क.ले पुरानो रिसइवीका कारण योजना बनाई काठमाडौँबाट मानिसहरू बोलाएर खाँडादेवी गाउँपालिका वडा नं ९ स्कुलडाँडा […]

  4. समाचार

    उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

    रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ तामाङको अध्यक्षतामा ३७ सदस्यीय नगर कमिटी चयन भएको उज्यालो नेपाल पार्टीले बताएको छ । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा चिना तामाङ, महिला उपाध्यक्षमा सरिता माझी, सचिवमा पासाङ लामा र सह–सचिवमा बाबूराम मोक्तान चयन भएका छन् । भेलाले […]

  5. विचार

    तीन वर्षकी बालिकाको चित्कार: बढ्दो हिंसाबीच हामीभित्रको मानवता कहाँ हराउँदैछ ?

    दुर्गा भुजेलतीन वर्ष । एउटा बालिकाको जीवनमा यो उमेर संसार बुझ्ने होइन, संसार चिन्न सुरु गर्ने उमेर हो । आमाको काख, बाबुको हात, खेलौना र घरआँगन नै उसको संसार हुन्छ । उसले जीवनको अर्थ बुझिसकेकी हुँदैन, मान्छेको नियत चिन्न सक्ने अवस्थामा पनि हुँदिन । तर त्यही उमेरकी एउटी अबोध बालिका बलात्कारको शिकार हुन्छिन् र अन्ततः […]

  6. विचार

    पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस

    दुर्गा भुजेल“प्राप्त अधिकारको रक्षा आजको आबस्यकता ,पहिचान सहितको समाबेशी र न्यायपुर्ण नेपालमा हाम्रो साझा प्रतिबद्धता” आज ३२औँ विश्व आदिवासी दिवस । विश्वभरका आदिवासी जनजाति समुदायले आफ्नो पहिचान, अधिकार, भाषा, संस्कृति, परम्परा र अस्तित्वको सम्मानका लागि आवाज उठाउने महत्वपूर्ण दिन हो । नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा यो दिवसको महत्व अझ विशेष छ । […]

  7. समाचार

    रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

    रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले मानसिक रोग विशेषज्ञको नियमित सेवा सुरु गरेको हो । अस्पतालमा डिप्रेसन, चिन्ता तथा तनाव, निद्रासम्बन्धी समस्या, प्यानिक अट्याक, ओसीडी, बाइपोलार डिसअर्डर, स्किजोफ्रेनियालगायत मानसिक स्वास्थ्य समस्याको उपचार गरिने गरि उक्त सेवा दिन लागिएको […]

  8. समाचार

    जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

    दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै गएको छ—के हाम्रो समाज र राज्यले नागरिकको पीडा समयमै सुन्ने क्षमता गुमाउँदै त छैन ? यदि यस्ता दुःखद घटनाहरू निरन्तर दोहोरिरहन्छन् भने, त्यसलाई केवल व्यक्तिगत त्रासदीका रूपमा होइन, समाज र राज्यका लागि गम्भीर चेतावनीका रूपमा […]

  9. समाचार

    १३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

    आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा अर्डर लिन, नयाँ पसल खोल्न वा उत्पादनको स्थान बनाउन दिनभर बजार घुम्नुपर्थ्यो । त्यही यात्राले मलाई क्रमशः सेल्स सुपरभाइजर, सेल्स अफिसर, एरिया सेल्स मेनेजर, सिनियर एरिया सेल्स मेनेजर, रिजनल सेल्स मेनेजर हुँदै आज सिनियर सेल्स […]

  10. समाचार

    सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

    रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधि तथा दलित अधिकारको क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरेको छ । साधारणसभाबाट राजकुमार खातीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा देवराज […]

  11. समाचार

    मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

    रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको धार्मिक पूजा–अर्चना तथा प्राण प्रतिष्ठा सम्पन्न भएपछि आयोजित कार्यक्रममा समाजसेवी गुणराज भट्टराई ‘आकाश’, सुरेश सुवेदी र दिनेश सुवेदी सम्मानित भएका । मन्दिर निर्माण तथा धार्मिक गतिविधिमा पुर्‍याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको आयोजकले […]