राजनीति

एमाले रामेछापका ८ स्थानीय तह हाँक्ने नयाँ टिम

रामेछाप- नेकपा एमाले रामेछापको ८ ओटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । केही स्थानीय तहमा निर्वाचन र धेरै जसो स्थानीय तहमा सर्वसम्मत रूपमा सम्पन्न भएको अधिवेशनले पालिका हाँक्ने नयाँ कमिटी चयन गरेको छ । मन्थली नगरको अध्यक्षमा पुनः रामबाबु घिमिरे  मन्थली नगरपालिकामा रामबाबु घिमिरेको अध्यक्षता हाल ६९ सदस्यीय नगर कमिटी बनेको छ । मन्थली […]

  1. समाचार

    ‘नेसन गट ट्यालेन्टको’ उत्कृष्ट ५ मा दीपशिखा कार्की

    रामेछाप– नेशन गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) रियालिटी सो मा रामेछापकी दीपशिखा कार्की उत्कृष्ट ५ मा पर्न परेकी छिन् । रामेछापको रामेछाप नगरपालिका ८ कि दीपशिखाले देशभरिका २ हजार ४ सय प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै आफू ५ उत्कृष्टमा परेकी हुन् । मंगलबार राती ९ बजे एपि वान टेलिभिजनबाट प्रशारण हुने रियालिटी सो मा ७ प्रतिस्पर्धी […]

  2. समाचार

    लिट्टिल स्टार स्कुलले मनायाे विश्व वातावरण दिवस

    रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा रहेको जिल्लाकै पहिलो नीजि क्षेत्रबाट संचालित स्कुल लिट्टिल स्टार अंग्रेजी स्कुलले विभिन्न कार्यक्रम गरेर विश्व वातावरण दिवस मनाएको छ ।‌ जेठ २३ गते बुधबार विहान विद्यालय परिसरबाट शुरूभएकाे प्रभातफेरी जिल्ला समन्वय समिति हुँदै देवकोटा चाेकमा पुगेर काेणसभामा परिणत भएकाे थियाे । विद्यार्थीहरूले याे वर्षको विश्व वातावरण दिवसको मुख्य नारा ‘हाम्रो भूमि, […]

  3. समाचार

    विश्व वातावरण दिवसमा मन्थलीमा वृक्षारोपण

    रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ मा रहेको सानीमदाै सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा बुधवार वृक्षरोपण गरिएको हाे । सामुदायिक वनका उपभोक्ता सहित जिल्लाका सराेकारवालाहरूकाे सहभागीतामा वृक्षरोपण गरिएकाे हाे । साे वन क्षेत्रमा जिल्ला वन कार्यालय रामेछापको सहयाेगमा विभिन्न किसिमका वृक्षहरू राेपिएकाे सानीमदाै सामुदायिक वन उपभोक्ता समितिका काेषाध्यक्ष […]

  4. समाचार

    २४ औँ विश्व दुध दिवस: रामेछापमा हाजिरी जबाफसँगै दुध खुवाएर कार्यक्रम

    रामेछाप– २४ औँ विश्व दुध दिवसमा रामेछापमा किसानमैत्री कार्यक्रमको आयोजना गरी मनाइएको छ । जिल्ला कृषि सहकारी संघको आयोजनामा शनिवार किसानमैत्री कार्यक्रम अन्तरगत दुध तथा दुध जन्य बस्तुको बारेमा विद्यार्थीहरू बीच हाजिरी जवाफ प्रतियोगिता, पशुलाई खुवाउने क्याल्सियम वितरण, कार्यक्रममा सहभागीलाई दुध खुवाउने लगायतका कार्यक्रम गरी दिवस मनाइएको हो ।  हाजिरी जवाफ प्रतियोगितामा मन्थली बजार आसपास […]

  5. समाचार

    रामेछापका स्थानीय तहको बेरुजु अङ्कमा सुधार, दोरम्बाशैलुङको सबै भन्दा कम बेरुजु

    रामेछाप– रामेछापका ८ स्थानीय तहको आर्थिक वर्ष २०७९/०८० मा २१ करोड ६२ लाख १९ हजार रुपैयाँ रकम बेरुजू देखिएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ६१औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका दुई नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तहको बेरुजू रकम २१ करोड ६२ लाख १९ हजार रुपैयाँ देखिएको हो । महालेखापरीक्षकको ६१औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका […]

  6. समाचार

    रामेछापमा माेरिङ्गा खेती विस्तार गर्ने अभियान

    रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा माेरिङ्गा खेती बिस्तार गर्ने बारेमा अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरिएकाे छ।नेपाली नाम साेइजन रहेकाे (माेरिङ्गा) भन्ने वृक्ष बहुउपयाेगी रहेकाे त्यस क्षेत्रका अनुभविहरूले बताएका छन् । जेठ ११गते शुक्रबार मन्थली स्थित फ्रीडम रिसोर्टमा आयाेजित अन्तरक्रिया कार्यक्रममा माेरिङ्गा खेती बिस्तार अभियानका अभियान्ता डा.पेट्रीक चाउले खेती बिस्तार र यसकाे फाईदा बारेमा जानकारी दिएका हुन्। ताईवानी […]

  7. समाचार

    प्रिन्सिपल एशोसियसन अफ नेपाल रामेछाप गठन, अध्यक्षमा शंकर बस्नेत चयन

    रामेछाप- सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको समूह ‘प्रिन्सिपल एशोसियसन अफ नेपाल रामेछाप’ गठन भएको छ । शनिबार सम्पन्न जिल्ला भरिका प्रधानाध्यापकहरूको भेलाले शंकर बहादुर बस्नेतको नेतृत्वमा २५ सदस्यीय ‘प्रिन्सिपल एशोसियसन अफ नेपाल रामेछाप’ गठन गरेको हो । उपाध्यक्षमा मिलन लामा, सचिवमा कमान सिहं तामाङ, सहसचिवमा अमृता कर्ण, कोषाध्यक्षमा छविलाल श्रेष्ठ, सदस्यहरुमा क्रमश: दिपक राज चौलागाई, सन्तोष जंग […]

  8. समाचार

    सन्दीप लामिछानेलाई सफाई

    काठमाडौं- बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् । उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसलालाई बदर गर्दै बुधबार लामिछानेलाई सफाइ दिएको हो । यसअघि जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो ।उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले सफाइ दिएको हो ।

  9. राजनीति

    एमाले रामेछाप हाँक्ने नयाँ टिम: पुरुषोत्तम कडरियाको नेतृत्वमा बन्यो ९० सदस्यीय जिल्ला कमिटी 

    रामेछाप– नेकपा एमाले रामेछापको अध्यक्षमा पुरुषोत्तम कडरिया निर्वाचित भएका छन् । शुक्रवार साँझ सम्पन्न जिल्ला अधिवेशनमा कडरियाको नेतृत्वमा ९० सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको हो । जिल्ला कमिटीको उपाध्यक्षमा होतराज ढकाल, सचिवमा प्रकाश कुमार कार्की, उपसचिवमा मिलन कुमार घिसिङ र मखमली श्रेष्ठ निर्वाचित भएका छन् । अध्यक्ष कडरिया र सचिव कार्की सर्वसम्मत रूपमा निर्वाचित भएका […]

  10. समाचार

    समृद्धि ल्याउन सरकारको एक्लो प्रयासले हुँदैन

    रामेछाप- मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले नगरलाई समृद्ध बनाउन सरकारको एक्लो प्रयासले मात्रै सम्भव नहुने बताएका छन् । सोमबार जिल्ला कृषि सहकारी संघ रामेछापले आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान नथा २०८१ सालको भित्ते पात्रो लोकार्पण कार्यक्रममा आफ्नो भनाई राख्दै नगर प्रमुख श्रेष्ठले नगरलाई समृद्ध बनाउन सरकारको एक्लो प्रयासले मात्रै सम्भव नभएको […]

  11. समाचार

    रामेछापमा सडक दुर्घटनाः दुईको मृत्यु, दुई घाइते

    रामेछाप- रामेछापमा सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । सोमबार भएका छुट्टछुट्टै दुई सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।  सोमबार बिहान करिब ६ बजेको समयमा मन्थली नगरपालिका वडा नं ७ मुगीटारबाट मन्थली तर्फ आउँदै गरेको बा.प ०१–००६ ख ३८३९ […]