स्वास्थ्य
२१समाचार
पृष्ठ २
खाँडादेवीमा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र
रामेछाप– खाँडादेवी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगत जिल्ला आयुर्वेद रामेछापले संचालन गर्ने गरी खाँडादेवी गाउँपालिकाको वडा नं ८ गागल भदौरेमा सेवा केन्द्रको स्थापना भएको हो । आयुर्वेदिक पद्धतिबाट उपचार सहितको योगाभ्यास समेतका सेवा दिने गरी स्थापना भएको सेवा केन्द्रको बागमती प्रदेशका आर्थिक मामिला तथा […]
सुनापतिको बेथानमा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र
रामेछापको सुनापति गाउँपालिका वडा नं ४ बेथानमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । आयुर्वेदिक उपचार प्रणाली सँग जोडिएको त्यस आरोग्य सेवा केन्द्रमा बेथानका स्थानीयहरुले निःशुल्क औषधी र थेरापी सेवा पाउने छन् भने केही समयपछि योग समेत सञ्चालनमा ल्याइने बताइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीले आफ्नो सेवा बिस्तारको क्रममा सुनापति गाउँपालिकामा पनि […]
साँघुटारको थाक्लेमा खुल्यो शहरी स्वास्थ्य केन्द्र, घर नजिकै स्वास्थ्य केन्द्र खुलेपछि स्थानीय खुसी
साँघुटार– रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ साँघुटारको थाक्लेमा शहरी स्वास्थ्य केन्द्र खुलेको छ । बुधबार रामेछाप नगरपालिकाका नगर उपप्रमुख सृजना खड्काले थाक्लेडाडा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै शहरी स्वास्थ्य केन्द्र संचालनमा आएको घोषणा गरेकी हुन् । साँघुटरको माथिल्लो भाग र देउरालीको केही भागका स्थानीयले सहज रुपमा स्वास्थ्य उपचार पाउन भन्ने उदेद्दश्यले शहरी स्वास्थ्य […]
रामेछापका १३ जनाले जिते कोरोनालाई
रामेछाप– जिल्ला अस्पताल रामेछापमा रहेका १३ जनाले कोरोनालाई जितेका छन् । भारतबाट आइ गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका १७ जनामा जेठ २३ गते कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पतालमा उपचारको लागि राखिएकाहरुको दोस्रो पटक पिसिआर जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापले बताएको छ । अस्पतालको आइसोलेशनमा राखिएको १२ औं दिनमा १६ जना संक्रमितको स्वाब जाँचको […]
युवा पत्रकार विक सम्मानित
मन्थली- रामेछापमा जिल्लामा रहेर विगत ८ वर्ष देखि पत्रकारितामा सक्रिय युवा पत्रकार रामचन्द्र विक सम्मानित हुनुभएको छ । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले पत्रकार विकलाई सहकारीको १८ औं वार्षिक साधारणसभाको अवसर पारेर नगद दुई हजार पुरस्कार सहित प्रशंसा–पत्र प्रदान गरेर सम्मान गरेको हो । सम्मानित हुनुहुने विक विगत ८ वर्ष देखि पत्रकारितामै सक्रिया […]
७० औं प्रजातन्त्र दिवसः जीपी फाउण्डेशन रामेछापद्वारा दिप प्रज्वलन
कुमार श्रेष्ठ, मन्थली- ७० औं प्रजातन्त्र दिवसको अवसर पारेर गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापले बुधबार साँझ दिप प्रज्वलन गरेको छ । वीपीको सालिकमा पुगेर गिरिजा प्रसाद कोइराला फण्डेशन रामेछापका अध्यक्ष दीपक खड्का, पाण्डेशनका पदाधिकारी र नेपाली काग्रेसका नेता तथा कार्यकर्ताको सहभागितामा दिप प्रज्वलन गरिएको हो । पिद प्रज्वल पछि बोल्दै फाण्डेशनका अध्यक्ष दीपक खड्काले स्वर्गीय […]
३ लाखको उपाधी आयोजक रामेछापले नै उचाल्यो
रामेछाप – रामेछाप नगरपालिकामा संचालित रामेछाप नगरपालिका प्रथम मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको शिल्ड अयोजक समुह रामेछाप नगरपालिकालेनै उचालेको छ । रामेछाप नगरपालिकाले पहिलो पटक आयोजनामा गरेको मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा रामेछाप नगरपालिकाले आकाशे व्याइज क्लब मन्थलीलाई ३–० गोलको अन्तरमा पराजित गरेको थियो । कुल सहभागि १२ वटा […]
सुकाजोरमा घरमै भत्ता, वडाध्यक्ष भन्छनः ‘नागरिकको खुसीले काम गर्ने उर्जा मिल्दो रहेछ’
रामहरि केसी, रामेछाप- रामेछापको वडा नम्बर ७ सुकाजोरका स्थानीय आफ्नै घरमा पैसा पाउँदा निकै खुसी छन् । यो खुसी उनिहरुमा त्यतिकै आएको हैन् । आफैले भोट दिएर जिताएका जनप्रतिनिधिले चुनाव अघि गरेका बाचा पूरा गरेपछि उनिहरुको मुहारमा खुसी छाएको हो । वडाअध्यक्ष सहितको टोली सुकाजोरका विभिन्न बस्तीहरुमा हरेक चार महिनामा राज्यले उपब्ध गराउने सामाजिक सुरक्षा […]
मन्थलीमै बाघ !, सेल्फि खिचाउनेको भिड (भिडियो सहित)
मन्थली- जिल्लाको खाँडादेवी गाउँपालिकाबाट सोमबार दिउँसो बिरामी अवस्थामा रहेको चितुवा नियन्त्रणमा लिएको छ । खाँडादेवीको वडा नं ४ पकरवास स्थित खोपको जंगलमा बिरामी अवस्थामा चितुवा भएको स्थानीयले जानकारी गराए पछि डिभिजन बन कार्यालय रामेछाप, खाँडादेवी गाउँपालिकाको पशु स्वास्थ्य शाखा र मन्थली नगरपालिकाको पशु स्वास्थ्य शाखाको समन्वयमा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको चितुवा भएपनि सुरुमा […]









