पत्रपत्रिका
२३समाचार
पृष्ठ २
प्रकाशकीयः पहिलो वर्ष पार गर्दै हामी दोस्रो वर्षमा
प्रहार मिडिया प्रा.लि.द्वारा प्रकाशति प्रहार खबर साप्तहिक पत्रिका पहिलो वर्ष पार गर्दै दोस्रो वर्षमा प्रवेश गरेको छ । एक वर्ष अघि समाचारको अपरिहार्यतालाई पूरा गर्ने बाचा सहति सूरु गरिएको यात्रा दोस्रो वर्ष सम्ममा आइपुग्दा हामीले धेरै अनुभवहरु लिने मौका पाएका छौँ । यो एक वर्षको अवधिमा लिइएका अनुभवलाई हामीले हाम्रो सम्पत्तिको रुपमा लिएका छौँ । […]
वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउँदै दोरम्बा शैलुङ गाउँपालिका
रामेछाप– रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउने भएको छ । आर्थिक वर्ष २०७६/०७७ बाट आफ्नो नीति तथा कार्यक्रममै वैदेशिक रोजगार सम्बन्धी ‘सामी रोजगार प्रवद्र्धन कार्यक्रम’ समावेश गरेर काम गर्दै आएको गाउँपालिकाले यस वर्ष देखि पालिकामा वैदेशिक रोजगारीको अवस्था कस्तो छ भन्ने वैदेशिक रोजगार सम्बन्धी छुट्टै पालिका प्रोफाइल बनाएर वैदेशिक रोजगारीलाई थप व्यवस्थति […]
बागमती प्रदेशका मुख्य मन्त्री सहित तीन मन्त्रीको दावीः ‘१३ जिल्ला मध्ये सबै भन्दा बढी विकास रामेछापमा’
रामेछाप प्रदेशसभा ‘ख’ बाट निर्वाचित कैलाश प्रसाद ढुंगेलले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री भएकै कारण जिल्लामा भएका कामको प्रचार गर्न मुख्य मन्त्री डोरमणी पौडेललाई प्रमुख अतिथि, भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा र भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाललाई विशेष अतिथि बनाएर सदरमुकाम मन्थलीमा विहिबार एक कार्यक्रमको आयोजना गरे । जसमा मुख्य […]
रामेछाप–८ का सबै घरपरिवारलाई पानी जम्मा गर्न हिलट्यांक
युवराज सुवेदी, रामेछाप– रामेछाप नगरपालिका वडा नं ८ ले वडाका सबै घरपरिवारलाई पुर्याउने गरी हिलट्यांक वितरणको अभियान सुरु गरेको छ । आर्थिक वर्ष २०७६/०७७ अदेखि चालु आर्थिक वर्ष २०७८/०७९ सम्ममा वडाका सबै नागरिकलाई ‘एक घर, एक हिलट्यांक’ अभियान चलाएर हिलट्यांकी उपलब्ध गराउन थालेको छ । रामेछाप नगरपालिका वडा नं ८ पनि सुख्ख ग्रस्त क्षेत्र भित्र […]
रामेछापमा ट्राफिक कारबाहीमा डेढ करोड राजस्व संकलन
श्रीधर घिमिरे– रामेछापमा ट्राफिक कारबाहीमा एक वर्षको अवधीमा झण्डै डेढ करोड राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७७/७८ को सुरु देखि असार मसान्त सम्मको अवधिमा १ करोड ४८ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय रामेछापले बताएको छ । विभिन्न जिल्लाबाट रामेछाप भित्रने, रामेछाप जिल्लाबाट बाह्य जिल्लामा जाने र रामेछाप जिल्ला […]
रामेछापमा अघोषित लोडसेडिङ, ढल्केबर र चरिकोटलाई दोष दिएर जिम्मेवारीबाट भाग्न खोज्दै प्राधिकरण
रामेछाप- नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्र मार्फत वितरण भएको विद्युत दुई महिना देखि अवरुद्ध हुँदा स्थानीय उपभोक्ताहरु मारमा परेका छन् । दुई महिना अघि सम्म केही मात्रामा विद्युत अवरुद्ध हुने गरेको भएपनि दुई महिना देखि निरन्तर रुपमा दैनिक घन्टौ सम्म विद्युत अवरुद्ध हुँदा स्थानीय उपभोक्ताहरु मारमा परेका हुन् । प्राधिकरणको लावरवाहीले सामान्य समस्या तत्काल […]
युवा पत्रकार विक सम्मानित
मन्थली- रामेछापमा जिल्लामा रहेर विगत ८ वर्ष देखि पत्रकारितामा सक्रिय युवा पत्रकार रामचन्द्र विक सम्मानित हुनुभएको छ । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले पत्रकार विकलाई सहकारीको १८ औं वार्षिक साधारणसभाको अवसर पारेर नगद दुई हजार पुरस्कार सहित प्रशंसा–पत्र प्रदान गरेर सम्मान गरेको हो । सम्मानित हुनुहुने विक विगत ८ वर्ष देखि पत्रकारितामै सक्रिया […]
७० औं प्रजातन्त्र दिवसः जीपी फाउण्डेशन रामेछापद्वारा दिप प्रज्वलन
कुमार श्रेष्ठ, मन्थली- ७० औं प्रजातन्त्र दिवसको अवसर पारेर गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापले बुधबार साँझ दिप प्रज्वलन गरेको छ । वीपीको सालिकमा पुगेर गिरिजा प्रसाद कोइराला फण्डेशन रामेछापका अध्यक्ष दीपक खड्का, पाण्डेशनका पदाधिकारी र नेपाली काग्रेसका नेता तथा कार्यकर्ताको सहभागितामा दिप प्रज्वलन गरिएको हो । पिद प्रज्वल पछि बोल्दै फाण्डेशनका अध्यक्ष दीपक खड्काले स्वर्गीय […]
३ लाखको उपाधी आयोजक रामेछापले नै उचाल्यो
रामेछाप – रामेछाप नगरपालिकामा संचालित रामेछाप नगरपालिका प्रथम मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको शिल्ड अयोजक समुह रामेछाप नगरपालिकालेनै उचालेको छ । रामेछाप नगरपालिकाले पहिलो पटक आयोजनामा गरेको मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा रामेछाप नगरपालिकाले आकाशे व्याइज क्लब मन्थलीलाई ३–० गोलको अन्तरमा पराजित गरेको थियो । कुल सहभागि १२ वटा […]
सुकाजोरमा घरमै भत्ता, वडाध्यक्ष भन्छनः ‘नागरिकको खुसीले काम गर्ने उर्जा मिल्दो रहेछ’
रामहरि केसी, रामेछाप- रामेछापको वडा नम्बर ७ सुकाजोरका स्थानीय आफ्नै घरमा पैसा पाउँदा निकै खुसी छन् । यो खुसी उनिहरुमा त्यतिकै आएको हैन् । आफैले भोट दिएर जिताएका जनप्रतिनिधिले चुनाव अघि गरेका बाचा पूरा गरेपछि उनिहरुको मुहारमा खुसी छाएको हो । वडाअध्यक्ष सहितको टोली सुकाजोरका विभिन्न बस्तीहरुमा हरेक चार महिनामा राज्यले उपब्ध गराउने सामाजिक सुरक्षा […]
मन्थलीमै बाघ !, सेल्फि खिचाउनेको भिड (भिडियो सहित)
मन्थली- जिल्लाको खाँडादेवी गाउँपालिकाबाट सोमबार दिउँसो बिरामी अवस्थामा रहेको चितुवा नियन्त्रणमा लिएको छ । खाँडादेवीको वडा नं ४ पकरवास स्थित खोपको जंगलमा बिरामी अवस्थामा चितुवा भएको स्थानीयले जानकारी गराए पछि डिभिजन बन कार्यालय रामेछाप, खाँडादेवी गाउँपालिकाको पशु स्वास्थ्य शाखा र मन्थली नगरपालिकाको पशु स्वास्थ्य शाखाको समन्वयमा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको चितुवा भएपनि सुरुमा […]











