लिखुतामाकोशीको आफ्नै स्रोतमा बन्ने भयो धोबीमा गुम्बा, धार्मिक पर्यटनमा सहयोग पुग्ने अपेक्षा
रामेछाप- रामेछापको लिखुतामाकोशी गाउँपालिकाको धोबी डाँडामा ध्यानलय अर्थात् गुम्बा बन्ने भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको धोबी डाँडामा गाउँपालिकाको आफ्नै स्रोतमा सुविधासम्पन्न गुम्बा बन्ने भएको हो । बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको लिखुतामाकोशी गाउँपालिकाको अन्य कुनै पनि ठाउँमा बौद्ध धर्मसँग सम्बन्धित पाठपूजा, धार्मिक संस्कार लगायतका कार्यक्रमहरू गर्न समेत आवश्यकता अनुसारको गुम्बा नभएको बेला गाउँपालिकाको आफ्नै […]












