आलु जोनको अनुगमन
रामेछाप– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापले स्थलगत अनुगमन सम्पन्न गरेको छ । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका विभिन्न वडाहरुमा संचालन भएका कार्यक्रमको अनुगमन गरेको हो । परियोजना रामेछापका प्रमुख थिरलाल गैरेको नेतृत्वमा अनुगमन गरिएको हो । रामेछापको गोकुलगंगा गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यन्वयन इकाई रामेछापले आलु जोनको कार्यक्रम संचालन गरेको छ । […]












