सञ्चारमन्त्रीको अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बर्खिलापमा
रामेछाप- नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवकोटीले सरकार संचारमन्त्रीले नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाप हुने गरी अभिव्यक्तिहरू दिइरहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन रामेछापको ९औँ साधारण सभा आफ्नो भनाई राख्दै केन्द्रीय सदस्य सिवकोटीले संचारमन्त्रीले सामाजिक संजाललाई प्रतिबन्ध लगाउने सार्वजनिक भनाइहरू मार्फत प्रेस तथा स्वतन्त्रताको समेत बर्खिलाप हुने गरी अभिव्यक्ति दिइरहेको बताए । […]












