रामेछाप जेसिजद्वारा कालिका आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

रामेछाप– रामेछाप जेसिजले कालिका आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । मन्थली नगरपालिका वडा नं ३ को ठुलीमदौमा रहेको कालिका आविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री र विद्यालय झोला वितरण गरिएको हो । सोमबार रामेछाप जेसिजको टोली विद्यालयमै पुगेर विद्यार्थीहरूका लागि आवश्यक पर्ने विद्यालय झोला र शैक्षिक सामाग्री वितरण गरिएको रामेछाप जेसिज वर्ष २०२५ […]

रामेछाप जेसिजद्वारा कालिका आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

रामेछाप– रामेछाप जेसिजले कालिका आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । मन्थली नगरपालिका वडा नं ३ को ठुलीमदौमा रहेको कालिका आविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री र विद्यालय झोला वितरण गरिएको हो । सोमबार रामेछाप जेसिजको टोली विद्यालयमै पुगेर विद्यार्थीहरूका लागि आवश्यक पर्ने विद्यालय झोला र शैक्षिक सामाग्री वितरण गरिएको रामेछाप जेसिज वर्ष २०२५ का अध्यक्ष यादव केसीले बताए । 

केही समय अघि मात्रै रामेछाप जेसिज २०२५ को अध्यक्ष भएका केसीले आफूले अध्ययन सुरु गरेको विद्यालयबाट शैक्षिक सामाग्री वितरण गरेर रामेछाप जेसिजको विभिन्न अभियान मध्येको शैक्षिक क्षेत्रमा गर्नु पर्ने सहयोगको अभियान सुरु गरिएको बताए ।

त्यस्तै रामेछाप जेसिजको आयोजनामा रामेछाप जेसिज कार्य समिति र सदस्यहरूलाई Pre- induction and LOM officer नामक तालिम संचालन गरिएको अध्यक्ष केसीले बताए । नेपाल जेसिज राष्ट्रिय अध्यक्षका प्रमुख कार्यकारी सहायक योगीराज अधिकारीले दिइएको तालिममा विशेष गरी जेसिजको विकास क्रम, जेसिजले संचालन गर्ने विभिन्न गतिविधि, जेसिजको विधि–विधान लगायतको बारेमा जानकारी गराइएको थियो ।

रामेछाप जेसिजले आगामी दिनमा पनि समुदाय केन्द्रित विभिन्न नमूना कामहरू गर्ने योजना रहेको अध्यक्ष केसीले बताए । 

समाचार का थप समाचार