नयाँ निशान छापले रामेछापमा देखिएको खुसीयाली

रामेछाप- भारतको अतिक्रमणमा परेका नेपाली भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको  नेपालको नयाँ नक्सासहितको निशान छाप छापिएपछि रामेछापमा दिप प्रज्वलन भएको छ । निशान छापमा नेपालको नयाँ नक्सा समावेश गरी संविधान संशोधन गर्न प्रतिनिधिसभामा पेश गरिएको प्रस्ताव सर्वसम्मतले पारित भएपछि शनिबार साँझ अनेरास्वबियू रामेछाप र रास्ट्रिय युवा संघ नेपाल रामेछापले खुसियालीमा दिप प्रज्वलन गरेका हुन् […]

नयाँ निशान छापले रामेछापमा देखिएको खुसीयाली

रामेछाप- भारतको अतिक्रमणमा परेका नेपाली भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको  नेपालको नयाँ नक्सासहितको निशान छाप छापिएपछि रामेछापमा दिप प्रज्वलन भएको छ । निशान छापमा नेपालको नयाँ नक्सा समावेश गरी संविधान संशोधन गर्न प्रतिनिधिसभामा पेश गरिएको प्रस्ताव सर्वसम्मतले पारित भएपछि शनिबार साँझ अनेरास्वबियू रामेछाप र रास्ट्रिय युवा संघ नेपाल रामेछापले खुसियालीमा दिप प्रज्वलन गरेका हुन् ।

बर्षौ देखि भारतको अतिक्रमणमा परेको नेपाली भुभाग फिर्ता गर्ने सहासिक कामका विभिन्न कदम मध्ये नेपालको सरकारले नायँ नक्सा सँगै निशान छापमा पनि नेपालको नयाँ नक्स समेटेर निकालेको खुसीयालीमा दिप प्रज्वलन गरिएको अनेरास्वबियू रामेछापका संयोजक सागरहरी अधिकारीले बताए ।

मन्थली बजारको देवकोटाचोकमा नयाँ निशान छापको नक्सा राखेर दिप प्रज्वनल गरिएको थियो । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूभाग निशान छापमा समावेश गरी संविधान संशोधन गर्न प्रतिनिधिसभामा पेश गरिएको प्रस्ताव सर्वसम्मतले पारित भएको थियो छ ।

राजनीति का थप समाचार
नयाँ निशान छापले रामेछापमा देखिएको खुसीयाली | नेपाल किरण