अपाङ्गता भएका व्यक्तिले घरमै परिचयपत्र पाउँदा, त्यो भन्दा अरु खुसी के हुन्छ र ? (भिडियो)

रामेछाप- केन्द्रिकृत शासन व्यवस्थालाई बिकेन्द्रिकरण गर्दै आएको संघीयताले व्यवस्था गरेको स्थानीय सरकार स्थानीय नागरिकको आफ्नै घरआगनको सरकार हो । नेपालमा पहिलो पटक स्थापना भएको स्थानीय सरकार काम गर्ने तरिका सिक्दै नागरिकलाई राज्यले प्रदान गर्ने सेवा सहज तरिकाले दिने विभिन्न उपायहरु अपनाइरहेको छ । देशका ७ सय ५३ ओटा स्थानीय तह मध्ये रामेछाप जिल्लामा ८ स्थानीय […]

अपाङ्गता भएका व्यक्तिले घरमै परिचयपत्र पाउँदा, त्यो भन्दा अरु खुसी के हुन्छ र ? (भिडियो)

रामेछाप- केन्द्रिकृत शासन व्यवस्थालाई बिकेन्द्रिकरण गर्दै आएको संघीयताले व्यवस्था गरेको स्थानीय सरकार स्थानीय नागरिकको आफ्नै घरआगनको सरकार हो । नेपालमा पहिलो पटक स्थापना भएको स्थानीय सरकार काम गर्ने तरिका सिक्दै नागरिकलाई राज्यले प्रदान गर्ने सेवा सहज तरिकाले दिने विभिन्न उपायहरु अपनाइरहेको छ ।

देशका ७ सय ५३ ओटा स्थानीय तह मध्ये रामेछाप जिल्लामा ८ स्थानीय तह रहेका छन् । ८ स्थानीय तह मध्ये रामेछाप नगरपालिका पनि एक स्थानीय तह हो । अर्थात नागरिकहरुका लागि आफ्नै घरआगनको नजिकको सरकार ।

वर्षौ देखि आफ्नो गाउँको समस्याको बारेमा जानकार रहेका राजनीतिक दलका प्रतिनिधिनै स्थानीय सरकारको प्रमुख रहेका छन् । जसले गर्दा गाउँमै आएको स्थानीय सरकारले गर्ने विकासमा नगरिकले पनि नयाँ अनुभव गर्न थालेका छन् । स्थानीय सरकारले गर्ने विभिन्न काम मध्येको रामेछाप नगरपालिकाको एउटा काम हो, अपाङ्गता भएका व्यक्तिलाई उनिहरुको घरमै पुगेर सेवा दिनु । हप्तौ लगाएर सदरमुकाम पुग्दा पनि आफ्नो काम नबनेका रामेछाप नगरपालिकाका कतिपय अपाङ्गता भएका व्यक्तिहरुले यो जुनीमा आफू  अपाङ्गता भएको परिचय पत्र समेत नपाउने रैछौ भनेर मन मारीसकेका थिए । तर संघीयता स्थापनासँगै गाउँमै आएको स्थानीय सकारले काम गर्न थाले पछि त्यस्ता नागरिकको मुहारमा बिस्तारै खुसीको क्षणहरु भरिन थालेका छन् । नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा ९ ओटै वडामा गएर अपाङ्गता परिचयपत्र जारी तथा नविकरण गरेको छ ।

थप भिडियो सामग्रीमा

https://www.facebook.com/hamropraharnews/videos/1658602450959739
अपाङ्गता भएका व्यक्तिले घरमै परिचयपत्र पाउँदा, त्यो भन्दा अरु खुसी के हुन्छ र ? (भिडियो) | नेपाल किरण